close

बजारमा नयाँ राइड शेयरिङ ‘आयो’, मोटरसाइकलसँगै अटोरिक्सा पनि

टेकपाना टेकपाना

जेठ ५, २०८० १४:५२

बजारमा नयाँ राइड शेयरिङ ‘आयो’, मोटरसाइकलसँगै अटोरिक्सा पनि

काठमाडौं । नेपाली बजारमा नयाँ राइड शेयरिङ प्लेटफर्म थपिएको छ । बुधबार चितवनमा एक कार्यक्रम आयोजना गर्दै भरोसा नेटवर्किङ प्रालिले अटोरिक्सा र मोटरसाइकलबाट राइड शेयरिङ सेवा दिन 'आयो' एप सार्वजनिक गरेको हो ।

काठमाडौं र चितवनमा एकसाथ सेवा सञ्चालन गरेको कम्पनीले जनाएको छ । यसअघि बेटा भर्सनमा उपलब्ध 'आयो' एप औपचारिक रूपमा सार्वजनिक भइसक्दा ४७५ ओटा मोटरसाइकल र १२५ ओटा अटोले सेवा दिइरहेको कम्पनीको दाबी छ ।

त्यस्तै हालसम्म याे प्लेटफर्मबाट दुई हजार ७०० बढीले सेवा लिइसकेको कम्पनीले जनाएको छ । एपबाट राइड बुक गरेको १० मिनेटभित्र सवारी सेवाग्राहीसम्म पुग्ने कम्पनीले दाबी गरेकाे छ ।

त्यस्तै बाइकको प्रतिकिलोमिटर १८ रुपैयाँ र अटोको प्रतिकिलोमिटर ५४ रुपैयाँ भाडा तोकिएको छ ।

कम्पनीका अनुसार आयोको राइड शेयरिङ सेवा चाैबिसै घण्टा सञ्चालन हुनेछ ।

यसैगरी एपमा अत्यावश्यक परिस्थितिका लागि 'इमर्जेन्सी एसओएस बटन', एपमा च्याट फिचर, कस्टमर रिफरल, रियल-टाइम ईटीए प्रिडेक्सन जस्ता सेवा रहेका छन् ।

एप डाउनलाेड गर्न एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गर्नुहोस् ।

यसैगरी राइड शेयरिङ दिन चाहने राइडरले यहाँ क्लिक गरेर एन्ड्रोइड एप र यहाँ क्लिक गरेर आईओएस एप डाउनलोड गर्न सक्छन् ।

प्रोमोकोड ‘AYO55U’ प्रयोग गर्दा पहिलो पाँच राइडसम्म ७० प्रतिशत छुट र पाँच राइडपछि प्रोमो कोड ‘CHITWAN25U’ प्रयोग गर्दा प्रत्येक राइडमा २५ प्रतिशत छुट पाउन सकिने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: जेठ ५, २०८० १५:३४