close

आईफोनका लागि च्याटजीपीटीको आधिकारिक एप सार्वजनिक

टेकपाना टेकपाना

जेठ ५, २०८० १५:४९

आईफोनका लागि च्याटजीपीटीको आधिकारिक एप सार्वजनिक

काठमाडौं । ओपनएआईले आईफोनका लागि च्याटजीपीटीको मोबाइल एप सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार आईफोनका लागि आफ्नो आधिकारिक एप सार्वजनिक गरेको हो ।

यो एपमा स्पिच रिकग्निसन सिस्टम (आवाज पहिचान गर्नसक्ने प्रणाली) 'विस्पर' फिचर समावेश गरिएको छ । यसको अर्थ हो, प्रयोगकर्ताले अक्षरसँगै आवाज प्रयोग गरेर पनि कुराकानी गर्न सक्नेछन् ।

यसको साथै एउटा डिभाइसमा गरिएको कुराकानी अर्को डिभाइसमा पनि सिंक गर्न सकिनेछ । अर्थात् आईफोनमा गरिएको कुराकानीलाई आईप्याडबाट पनि निरन्तरता दिन सकिनेछ ।

साथै च्याटजीपीटी प्लसका सब्स्क्राइबरले जीपीटी-फोरको सुविधा मोबाइल एपमा पनि लिन सक्नेछन् । हाललाई भने यो फिचर अमेरिकामा मात्र उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: जेठ ५, २०८० १६:३१