close

एन्ड्रोइड ट्याब्लेट बिक्री गर्नेमा सामसङ सबैभन्दा अघि

टेकपाना टेकपाना

जेठ ७, २०८० १०:४५

एन्ड्रोइड ट्याब्लेट बिक्री गर्नेमा सामसङ सबैभन्दा अघि

काठमाडौं । सामसङ विश्वमा सबैभन्दा धेरै एन्ड्राेइड ट्याब्लेट उत्पादन गर्ने कम्पनी बनेको छ । इन्टरनेसनल डेटा कोर्पोरेसन (आईडीसी) ले सार्वजनिक गरेको पछिल्लाे रिपोर्टअनुसार सबैभन्दा ठूलो ट्याब्लेट निर्माता कम्पनीमा एप्पल यथावत् छ भने दोस्रो स्थानमा सामसङ छ ।

एन्ड्रोइड ट्याब्लेट उत्पादन तथा बिक्रीको हकमा सामसङ पहिलो बनेको हो । २०२३ को पहिलो त्रैमासिकमा सामसङले ७१ लाख ट्याब्लेट उत्पादन गरेर बिक्री गरेको छ । त्यस्तै एन्ड्रोइडतर्फ नै ह्वावेले २० लाख ट्याब्लेट उत्पादन गरेको छ भने लेनोभोले १९ लाख ट्याब्लेट बजारमा पठाएको छ । सो अवधिमा अमेजनले १४ लाख ट्याब्लेट बिक्री गरेको छ ।

कूल ट्याब्लेट उत्पादन तथा बिक्रीको हिसाबले हेर्ने भने एप्पलले सोही अवधिमा एक करोड आठ लाख ट्याब्लेट बजारमा पठाएको छ । बजारमा वनप्लस, ओप्पो, रियलमी, भिभोजस्ता कम्पनीले थप ट्याब्लेट भित्र्याइरहेका छन् । 

यसैबीच सामसङले जुलाई वा अगस्ट महिनाभित्रमा तीन हाई-इन्ड ट्याब्लेट ग्यालेक्सी ट्याब एस९, ग्यालेक्सी ट्याब एस९ प्लस र ग्यालेक्सी ट्याब एस९ अल्ट्रा सार्वजनिक गर्ने भएको छ ।









 

पछिल्लो अध्यावधिक: जेठ ७, २०८० १०:४५