close

१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई आईटी तालिम दिँदै वडा कार्यालय

टेकपाना टेकपाना

जेठ ७, २०८० १६:२६

१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई आईटी तालिम दिँदै वडा कार्यालय

काठमाडौं । पोखरा महानगरपालिकाको वडा नं. १३ ले हालै १२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीलाई नि: शुल्क सूचना तथा प्रविधि सम्बन्धी तालिम दिने भएको छ। वडाले एक सूचना जारी गर्दै यस विषयमा जानकारी दिएको हो । 

एक महिनासम्म चल्ने सो तालिममा विद्यार्थीलाई इथिकल ह्याकिङ, गेम डेभलपमेन्ट, बेसिक कम्प्युटर नेटवर्क जस्ता विषयमा प्रशिक्षण दिइने वडाले जानकारी गराएको छ । 

विद्यार्थीले सो तालिममा सहभागी हुन वडामा सम्पर्क गर्नुपर्ने वडाध्यक्ष किरण बरालले बताए । उनका अनुसार परीक्षा पछि विद्यार्थीलाई प्रविधिमा अभ्यस्त गराउन यो तालिमको व्यवस्था गरिएको हो । 

वडाले आफ्नै बजेटमा सञ्चालन गर्न लागेको यो तालिममा विद्यार्थीले जेठ १५ सम्म फारम बुझाइसक्नु पर्नेछ । त्यस्तै यो तालिम आउँदो साताबाट नै सुरू हुने पनि उनले जानकारी दिएका छन् । 

यो तालिम सो वडा अन्तर्गतका विद्यार्थीहरूका लागि आयोजना गरिएको हो । विद्यार्थीहरूले वडा कार्यलयमा सम्पर्क गरेर तालिमको लागि आवेदन दिन सक्नेछन् ।  

पछिल्लो अध्यावधिक: जेठ ७, २०८० १६:२६