close

आखिर किन महँगा हुन्छन् फोल्डेबल फोन ?

टेकपाना टेकपाना

जेठ ८, २०८० १२:५७

आखिर किन महँगा हुन्छन् फोल्डेबल फोन ?

काठमाडौं । पछिल्लो समयमा स्मार्टफोन बजारमा फोल्डेबल फोनको माग बढ्दै गइरहेको छ । एकपछि अर्को गर्दै मोबाइल कम्पनीहरूले आ-आफ्ना फोल्डेबल फोनहरू सार्वजनिक गर्दै गइरहेका छन् ।

हाल बजारमा सामसङको फोल्डेबल फोनको माग धेरै छ । यसपछि बजारमा अहिले मोटोरोला, लेनोभो, ओप्पो र ह्वावेको पनि फोल्डेबल फोनहरू देख्न सकिन्छ ।

सबै ब्रान्डले फोल्डेबल फोनलाई आफ्नो फ्ल्यागशिप फोनको रुपमा सार्वजनिक गर्ने गरेका  छन् । फ्ल्यागशिप भन्ने बित्तिकै स्मार्टफोनको मूल्य पनि बढी हुने गर्छ । तर किन फोल्डेबल फोनहरू यति महँगा हुन्छन् त ?

फोल्डेबल फोन महँगो हुनुको पहिलो कारण नै यसो फ्लेक्जिबल र फोल्डेबल स्क्रिन हो, जुन निर्माण हुने सामग्री नै महँगो हुन्छ । फ्लेक्जिबल डिस्प्ले बनाउनका लागि अन्य सामान्य डिस्प्लेको लागि भन्दा बढी मेहनत लाग्ने गर्छ ।

साथै फोनलाई बलियो, धुलोले असर नगर्ने, पानीले असर नगर्ने लगायतका फिचर दिनको लागि पनि लगानी थप गर्नुपर्ने हुन्छ । फोल्डेबल फोनको लागि आवश्यक फोल्डिङ डिस्प्ले र त्यसको सुरक्षाका लागि नै बढी लगानी गर्नुपर्ने भएकोले यो फोनको मूल्य पनि बढ्न गएको हो ।

फोल्डेबल फोनको स्क्रिनको लागि दुई भाग बाँडिएको मदरबोर्ड आवश्यक पर्छ । यसको लागि फरक चिपसेट प्रयोग गरिनुपर्छ । सामान्य फोनको तुलनामा यसलाई थप समय, सामान र लागत दिनुपर्ने कारण नै फोल्डेबल फोनहरू धेरै महँगा हुने गर्छन् ।

 

पछिल्लो अध्यावधिक: जेठ ८, २०८० १२:५७