close

एनएमबि क्यापिटलसँगको सहकार्यमा आईपीओ जारी गर्दै फोनपे

टेकपाना टेकपाना

जेठ १०, २०८० २१:१२

एनएमबि क्यापिटलसँगको सहकार्यमा आईपीओ जारी गर्दै फोनपे

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड​ले प्राथमिक शेयर निष्कासन (आईपीओ) जारी गर्न एनएमबि क्यापिटलसँग सहकार्य थालेको छ । यसका लागि बुधबार फोनपे र एनएमबि क्यापिटलबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार एनएमबि क्यापिटलले फोनपेलाई आफ्नो विशेषज्ञता र क्षमताका आधारमा आईपीओ जारी गर्ने सम्बन्धमा परामर्श सेवा प्रदान गर्नेछ ।

पूर्वतयारीको काम सकिएपछि नियामक निकायबाट आवश्यक स्वीकृति लिई फोनपेले सर्वसाधारणका लागि आईपीओे जारी गर्ने फाेनपेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवस सापकोटाले बताए ।

''हामीले साधारण शेयर जारी गर्नेमात्र भन्दा पनि प्रविधि क्षेत्रमा काम गरिरहेका नेपालका अन्य कम्पनीहरूलाई प्रेरणा दिन र बेन्चमार्क सेट गर्न खोजेका हौँ । यस सपनालाई हासिल गर्न हामीलाई आवश्यक पर्ने सहयोग र मार्गदर्शन गर्न एनएमबि क्यापिटलसँग सहकार्य गर्न लागेका हौं,'' उनले भने ।

पछिल्लो अध्यावधिक: जेठ १०, २०८० २१:१२