close

घर, फ्ल्याट र कोठा भाडामा खोजिदिने नाममा हाम्रोबजारमा ‘स्क्याम’, सतर्क रहन कम्पनीको आग्रह

टेकपाना टेकपाना

जेठ ११, २०८० १२:०

घर, फ्ल्याट र कोठा भाडामा खोजिदिने नाममा हाम्रोबजारमा ‘स्क्याम’, सतर्क रहन कम्पनीको आग्रह

काठमाडौं । अनलाइन मार्केटप्लेस हाम्रोबजारमा घर, फ्ल्याट र कोठा भाडामा खोजिदिने नाममा स्क्याम (ठगी) भएको पाइएको छ । हाम्रोबजारको प्लेटफर्म दुरुपयोग गरी गिरोहले नक्कली विज्ञापनमार्फत सेवाग्राहीसँग रकम असुल्ने गरेको गुनासो बढेपछि कम्पनीले कारोबार गर्दा सतर्क अपनाउन ग्राहकलाई अनुरोध  गरेको छ ।

सेवाग्राहीबाट सेवा शुल्कका नाममा अग्रिम भुक्तानी माग्ने र रकम लिइसकेपछि गायब हुने प्रवृत्ति बढेपछि सम्बन्धित सबैलाई सतर्क गराइएको कम्पनीले जनाएको छ । एजेन्ट वा बिक्रेतालाई निःशुल्क विज्ञापन गर्ने अवसर दिँदा स्क्यामरले फाइदा लिएको कम्पनीको भनाइ छ ।

घर, फ्ल्याट वा कोठा खोज्दा सम्बन्धित एजेन्टको कार्यालय भ्रमण गरी उक्त कार्यालय दर्ता भएको अवस्थामा मात्र कारोबार गर्न तथा भुक्तानी तिर्न कम्पनीले अनुरोध गरेको छ ।

“यसबारे कम्पनीमा धेरै गुनासो आएपछि हामीले सेवाग्राहीलाई सतर्क गराएका छौं,” कम्पनी स्रोतले भन्यो, “हाम्रोबजारमार्फत यस्तो सेवा लिन चाहने सेवाग्राहीले एजेन्टहरू दर्ता भएका छन् कि छैनन्, उनीहरूले सम्बन्धित निकायबाट अनुमति लिएका छन् वा छैनन् भन्ने कुरा जाँच गरेर मात्र सेवा लिन अनुरोध गरिन्छ ।”

पछिल्लो अध्यावधिक: जेठ ११, २०८० १२:०