close

भारतले हटायो ब्याटलग्राउन्ड मोबाइल गेममाथिको प्रतिबन्ध

टेकपाना टेकपाना

जेठ १४, २०८० ९:१०

भारतले हटायो ब्याटलग्राउन्ड मोबाइल गेममाथिको प्रतिबन्ध

काठमाडौं । अन्तत: भारतले प्लेयर अननोन्स ब्याटलग्राउन्ड (पब्जी) को फ्रान्चाइज खेल ब्याटलग्राउन्ड मोबाइल इन्डिया गेममाथिको प्रतिबन्ध हटाएको छ ।

पब्जी मोबाइलको विषयलाई लिएर भारतमा धेरै विवाद भएपछि कम्पनीले भारतलाई मात्र लक्षित गर्दै बीजीएमआई सञ्चालनमा ल्याएको थियो । यद्यपि यो खेलले हिंसालाई प्रोत्साहन गरेको भन्दै भारतले यसमाथि प्रतिबन्ध लगाएको थियो । 

प्रतिबन्ध लगाएको एक वर्षपछि भारतले गेममाथिको प्रतिबन्ध हटाएको हो । योसुँगै बीजीएमआई पुन: गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा फर्किएको छ । प्रयोगकर्ताहरूले यो गेम मे २९ अर्थात भोली सोमबारबाट डाउनलोड गर्न सक्नेछन् ।

भोलीबाट पुन: उपलब्ध हुने यो गेममा कम्पनीले नयाँ म्याप सहित अन्य केही नयाँ फिचरहरू पनि थप गरेको छ । 

भारतको केन्द्र सरकारले जुलाई २०२२ मा बीजीएमआईमाथि प्रतिबन्ध लगाएको थियो । सुरक्षाको कारण देखाउँदै भारत सरकारले उक्त निर्णय लिएको थियो । त्यसयता बीजीएमआईले सरकारी चासो सम्बोधन गर्दै पुनः बजारमा फर्किने बाचा गर्दै आएको थियो । 

पछिल्लो अध्यावधिक: जेठ १४, २०८० ९:१०