close

अर्थमन्त्रीको बजेट भाषण र ट्वीटर अपडेट सँगसँगै

टेकपाना टेकपाना

जेठ १५, २०८० १८:४८

अर्थमन्त्रीको बजेट भाषण र ट्वीटर अपडेट सँगसँगै

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्‌को संयुक्त वैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट भाषण गरिरहँदा सँगसँगै उनको ट्वीटर अकाउन्ट समेत सक्रिय देखिएको छ ।

अर्थमन्त्री महतले प्रस्तुत गरिरहेको बजेटका महत्त्वपूर्ण घोषणा तथा बुँदाहरूलाई समेटेर मन्त्री महतको ट्वीटरमा अपडेट भइरहेको छ ।

यसअघिका अर्थमन्त्रीको तुलनामा यसपटकका अर्थमन्त्रीको सामाजिक सञ्जाल ह्याण्डल गर्ने टोली प्रभावकारी र स्मार्ट बनेको हो । मन्त्री महतको ट्वीटर ह्याण्डलमा करिब २९ हजार फलोअर रहेका छन् ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८० १८:४८