close

विद्युतीय बिजक प्रणालीमा अब ठूला करदातालाई आबद्ध गरिने

टेकपाना टेकपाना

जेठ १५, २०८० २०:५०

विद्युतीय बिजक प्रणालीमा अब ठूला करदातालाई आबद्ध गरिने

काठमाडौं । सरकारले ठूला करदातालाई विद्युतीय बिजक प्रणालीमा आबद्ध गराउने भएको छ । सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

“सूचना प्रणालीलाई थप सुदृढीकरण बनाउँदै कारोबारको प्रकृतिअनुसार कारोबार रकमको न्यूनतम सीमा तोकी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत बिजक जारी गर्ने व्यवस्था मिलाई वार्षिक २५ करोडभन्दा बढी रकमको कारोबार गर्ने करदातालाई केन्द्रीय बिजक अनुगमन प्रणालीमा आबद्ध गरिनेछ,” उनले भने ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८० २०:५०