close

दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदका लागि आवेदन खुला

टेकपाना टेकपाना

जेठ १९, २०८० ९:१

दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदका लागि आवेदन खुला

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले बजार व्यवस्थापन पदमा नियुक्तिका लागि आवेदन खुलाएको छ । एक सूचना जारी गर्दै प्राधिकरणले उक्त पदका लागि आवेदन माग गरेको हो । 

यस पदका लागि ३० वर्ष पूरा भइ ६५ वर्ष ननाघेका व्यक्तिले आवेदन दिन सक्नेछन् । साथै उक्त व्यक्तिले मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, अर्थशास्त्र, जनप्रशासन विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा सात वर्ष काम गरेको हुनुपर्ने सूचनामा उल्लेख छ । 

इच्छुक सरकारी कर्मचारीको हकमा भने व्यवस्थापन, अर्थशास्त्र, जनप्रशासन विषयमा स्नातक गरी राजपत्राङ्कित प्रथम श्रेणी, दशौँ तह वा सो भन्दा माथिल्लो पदमा कम्तीमा सात वर्ष काम गरेको अनुभव भएको हुनुपर्नेछ । 
इच्छुक व्यक्तिले असार १ गतेभित्र आवेदन दिन सक्नेछन् । 

पछिल्लो अध्यावधिक: जेठ १९, २०८० ९:५