close

६ जीबी र्‍याम सहित रियलमीको पातलो फोन नेपाली बजारमा, मूल्य १९ हजार

टेकपाना टेकपाना

जेठ १९, २०८० २०:१३

६ जीबी र्‍याम सहित रियलमीको पातलो फोन नेपाली बजारमा, मूल्य १९ हजार

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा ‘नार्जो एन’ सिरिज सार्वजनिक गरेको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै कम्पनीले नार्जो एन सिरिज अन्तर्गत एन५३ र एन५५ सार्वजनिक गरेको हो ।

रियलमीले नार्जो एन५३ लाई आफ्नो अहिलेसम्मकै पातलो स्मार्टफोनका रूपमा परिचित गराएकाे छ । यसमा आईफोन १४ प्रोमा उपलब्ध भएको डाइनामिक आईल्यान्ड जस्तो 'मिनी क्याप्सुल' फिचर उपलब्ध गराएकाे छ ।

९० हर्ज रिफ्रेशरेट भएको यस मोडेलमा ६.७४ इन्च फुल एचडी प्लस डिस्प्ले रहेको छ । एन्ड्रोइड १३ मा आधारित यो फोन युनिसेक टाइगर टी ६१२ (१२ एनएम) प्रोसेसरद्वारा सञ्चालित छ ।

यसमा दुई ओटा ब्याक क्यामेरा रहेका छन्, जसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ । सेल्फी खिच्न रुचाउनेहरूका लागि यो फोनमा ८ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । यसमा फिङ्गरप्रिन्ट, एक्सिलेरोमिटर, प्रोक्सिमिटी, कम्पास जस्ता सेन्सर रहेका छन् ।

फोनमा ५००० एमएएच क्षमताको ब्याट्री उपलब्ध गराइएको छ । यसलाई चार्ज गर्न ३३ वाट टाइप-सी सुपरभूक चार्जर दिइएको छ ।

कम्पनीका अनुसार फोनलाई ३१ मिनेटमा ५० प्रतिशत र ८८ मिनेटमा फुल चार्ज गर्न सकिन्छ । यो फोन फिदर ब्ल्याक र फिदर ब्ल्याक कलरमा पाउन सकिन्छ ।

यो फोन दुई ओटा स्टोरेज भेरियन्टमा उपलब्ध छ । जसअन्तर्गत ४ जीबी र्‍याम तथा ६४ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य १५ हजार ९९९ रुपैयाँ र ६ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य १८ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २३, २०८० १३:४२