close

आईफोनमा जस्तै अब एन्ड्रोइड फोनमा पनि ब्याट्री हेल्थ हेर्न सकिने

टेकपाना टेकपाना

जेठ १९, २०८० १९:३२

आईफोनमा जस्तै अब एन्ड्रोइड फोनमा पनि ब्याट्री हेल्थ हेर्न सकिने

काठमाडौं । आईओएसको सबैभन्दा आकर्षक पक्ष भनेकै आईफोनको ब्याट्री हेल्थ जाँच गर्न सकिने फिचर हुनु हो । यसले गर्दा डिभाइसको ब्याट्रीको स्थिति कस्तो छ भनेर थाहा पाउन सकिन्छ । यही फिचरले गर्दा प्रयोगकर्ताले ब्याट्री परिवर्तन गर्नुपर्ने समयको बारेमा थाहा पाउँछन् ।

विशेषगरी आईफोन खरिद गर्दा त्यसको अवस्था जाँच गर्न पनि आईफोनको ब्याट्री हेल्थ जाँच गरिन्छ । आईफोनमा मात्र उपलब्ध यस्ताे फिचर एन्ड्रोइड १४ मा पनि उपलब्ध हुने भएको छ ।

यसो त ब्याट्री हेल्थ फिचर सबैभन्दा पहिले एन्ड्रोइड १३ को क्यूपीआर बेटामा पत्ता लगाइएको थियो । एन्ड्रोइड १४ मा भने मिशाल रहमानले पत्ता लगाएका हुन् ।

गुगलले एन्ड्रोइड १४ मा केही एपीआई समावेश गरेको छ, जसले ब्याट्रीका महत्त्वपूर्ण विवरण उपलब्ध गराउने बताइएको छ । यसबाट विशेषगरी ब्याट्री बनेको मिति, सबैभन्दा पहिले फोन प्रयोग गरेको मिति, कसरी चार्ज गरिरहेको छ भन्ने कुराको विवरण, चार्जिङ स्टाटस, ब्याट्री साइकल काउन्ट जस्ता विवरण हेर्न सकिन्छ ।

I bought a used Pixel 7 Pro recently and thought it was a shame that Google's battery health feature hasn't been released.

It'd be nice to see how many charge cycles it's had or the estimated % of its original capacity. Fortunately, Google's made it possible in Android 14! 🧵 pic.twitter.com/KXGtLwhJtU

— Mishaal Rahman (@MishaalRahman) June 1, 2023

यदि तपाईं एन्ड्रोइड १४ प्रयोग गरिरहनु भएको छ भने ब्याट (Batt) भनिने ओपन-सोर्स एप इन्स्टल गरेर ब्याट्री हेल्थ जाँच गर्न सक्नुहुन्छ ।

यस एपले फोनको चार्जिङ साइकलको नम्बर देखाउँछ । यदि तपाईंले ब्याट्रीबारे थप विवरण पाउन चाहनुहुन्छ भने तल दिइएको एडीबी कमान्ड प्रयोग गरी थाहा पाउन सक्नुहुन्छ ।

(<code>pm grant com.porg.batt android.permission.BATTERY_STATS</code>) 

यो फिचरले कति सटीक रूपमा ब्याट्री स्टाटसबारे जानकारी दिन्छ भन्ने स्पष्ट छैन । र, उक्त फिचर सार्वजनिक रूपमा कहिलेबाट उपलब्ध हुन्छ भन्ने विषयमा कुनै विवरण बाहिरिएको छैन 

पछिल्लो अध्यावधिक: जेठ १९, २०८० १९:३२