close

नेपाललाई दक्षिण एसिया स्याटलाइटको सेवा दिन भारतले ग्राउन्ड स्टेसन बनाइदिने

टेकपाना टेकपाना

जेठ २०, २०८० १६:४६

नेपाललाई दक्षिण एसिया स्याटलाइटको सेवा दिन भारतले ग्राउन्ड स्टेसन बनाइदिने

काठमाडौं । नेपाललाई दक्षिण एसिया स्याटलाइटको सेवा दिन आवश्यक ग्राउन्ड स्टेसन बनाउन भारतले सहयाेग गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग आफ्नो भ्रमणको क्रममा यस्तो सम्झौता गरेका हुन् ।

सम्झौता अनुरुप भारत सरकारले अनुदान सहयोगको रुपमा नेपाललाई दक्षिण एसिया स्याटलाइटको सेवा प्रदान गर्न एउटा ग्राउन्ड स्टेसनको निर्माण गरिदिनेछ ।

यसका साथै भारत सरकारले ३०० ओटा टर्मिनल पनि उपलब्ध गराउने भएको छ ।

यो प्रयासले अन्तरिक्ष क्षेत्र तथा अन्तरिक्ष प्रविधि एप्लिकेसन विशेषगरी दूरसञ्चार तथा प्रसारण, टेलिमेडिसिन, दूरशिक्षा, ई-गभर्नेन्स, बैंकिङ तथा एटीएम सेवा, मेटोरोलोजिकल डेटा प्रसारण जस्ता क्षेत्रमा क्षेत्रीय सहकार्यलाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ २०, २०८० १६:४६