close

मेस्सीले क्लब छोड्दा एक दिनमै घटे पीएसजीका १६ लाख इन्स्टाग्राम फलोअर

टेकपाना टेकपाना

जेठ २२, २०८० १२:५२

मेस्सीले क्लब छोड्दा एक दिनमै घटे पीएसजीका १६ लाख इन्स्टाग्राम फलोअर

काठमाडौं । शनिबार राति लिग वनको खेलसँगै पेरिस सेन्ट जर्मन (पीएसजी) सँगकाे लियोनल मेस्सीकाे सम्झौता सकिएको छ । त्यससँगै क्लबले मेस्सीलाई बिदाइ गरेको छ ।

मेस्सीलाई बिदाइ गरेको पोस्ट सामाजिक सञ्जालमा आएसँगै पीएसजीको इन्स्टाग्राम ह्यान्डलमा फलोअरसँग तीव्र गतिमा घटिरहेको छ । शनिबार राति लिग वनको अन्तिम खेल सुरु हुनुअघि पीएसजीको इन्स्टाग्राम ह्यान्डलमा सात करोड चार लाख बढी फलोअर थिए ।

आज सोमबार दिउँसो क्लबको उक्त इन्स्टाग्राम ह्यान्डलमा फलोअरको सङ्ख्या छ करोड ८७ लाख पुगेको छ । अर्थात् एक दिनमा क्लबको फलोअर १६ लाख बढीले घटिसकेको छ ।

गत डिसेम्बारमा पोर्चुगलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले साउदी अरबको फुटबल क्लब अल-नासरमा अनुबन्ध भएसँगै उक्त क्लबको फलोअर सङ्ख्या तीव्र गतिमा बढेको थियो ।

रोनाल्डो अनुबन्ध भएको पोस्ट राखेको ११ घण्टामा उक्त क्लबको इन्स्टाग्राम ह्यान्डलमा फलोअरको सङ्ख्या ३३ लाखले बढेको थियो । हाल अल-नासरमा फलोअरको सङ्ख्या एक करोड ४८ लाख रहेको छ । अर्थात् रोनाल्डो अनुबन्ध भएको छ महिनामा क्लबको फलोअरको सङ्ख्या एक करोड ४० लाख बढीले बढेको छ । 


 

पछिल्लो अध्यावधिक: जेठ २२, २०८० १३:२