close

ईसेवामा भएको पैसा अब एभरेष्ट बैंकको एटीएमबाट निकाल्न सकिने

टेकपाना टेकपाना

असार ६, २०८० १४:२

ईसेवामा भएको पैसा अब एभरेष्ट बैंकको एटीएमबाट निकाल्न सकिने

काठमाडौं । डिजिटल वालेट ईसेवामा भएको रकम अब एभरेष्ट बैंकको एटीएमबाट निकाल्न सकिने भएको छ । बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा ईसेवा र एभरेस्ट बैंकबीच 'कार्डलेस ट्रान्जेक्सन'का लागि सम्झौता भएको हो ।

यसअन्तर्गत ईसेवा प्रयोगकर्ताले एभरेष्ट बैंकको एटीएम मेसिनबाट बिना सेवा शुल्क दैनिक पाँच हजार रुपैयाँसम्म निकाल्न सक्नेछन् । हाललाई यो भन्दा बढी रकम निकाल्ने व्यवस्था भने छैन । 

एभरेष्ट बैंकको एटीएमबाट कसरी निकाल्ने ईसेवाको पैसा ?

- सबैभन्दा पहिले ईसेवा एप खोल्नुहोस् ।

- त्यसपछि होमपेजमा रहेको 'एटीएम विथड्र' (ATM Withdraw) को अप्सन छान्नुहोस् । 

- अनि एभरेष्ट बैंकको नाम छान्नुहोस् ।

- यति गरेपछि आफूले निकाल्न चाहेको रकम टाइप गर्नुहोस् (तर, ५०० को गुणन सङ्ख्या मात्र राख्न पाइन्छ । एक पटकमा पाँच हजारभन्दा बढी रकम निकाल्न मिल्दैन ) ।

- यति गरेपछि 'पर्पोजमा गई किन निकाल्न लागेको भन्ने अप्सन छान्नुहोस् ।

- अनि रिमार्क लेखेर प्रोसिडको बटनमा ट्याप गर्नुहोस् ।

- यति गरेपछि कन्फर्म (Confirm)को बटनमा ट्याप गर्नुहोस् । अनि आफ्नो पीन नम्बर राखेर पुनः कन्फर्म (Confirm) को बटनमा ट्याप गर्नुहोस् । यति गरेपछि तपाईंको डिभाइसमा एउटा ओटीपी कोड आउँछ ।

एभरेष्ट बैंकको एटीएम बुथमा जानुहोस्

- बैंकको एटीएमममा गइसकेपछि 'कार्डलेस ट्रान्जेक्सनको अप्सनमा क्लिक गर्नुहोस् ।

- त्यसपछि आफ्नो मोबाइल नम्बर राख्नुहोस् ।

- र, एसएमएसमा आएको ओटीपी कोड राखी कन्फर्म गर्नुहोस् ।

यति गरेपछि तपाईंको ईसेवामा रहेको रकम एभरेष्ट बैंकको एटीएम मेसिनबाट निकाल्न सकिन्छ ।

 

पछिल्लो अध्यावधिक: असार ६, २०८० १५:२०