close

ईसेवाको नारी दिवस अफर, निशुल्क व्यावसायिक सहकार्य देखि क्याशब्याकसम्म

टेकपाना टेकपाना

फागुन २४, २०७९ ८:३४

ईसेवाको नारी दिवस अफर, निशुल्क व्यावसायिक सहकार्य देखि क्याशब्याकसम्म

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले नारी दिवसको अवसरमा विभिन्न अफरहरू सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत महिला उद्यमीहरूले सञ्चालन गरेका व्यवसायहरूमा अनलाइन भुक्तानीका लागि ईसेवासँग सहकार्य (इन्ट्रिगेशन) गर्दा कुनै शुल्क लाग्ने छैन । यस अफरमा सहभागी हुन नारीहरूले तीन महिनाभित्र ईसेवामा सम्पर्क गर्नसक्नेछन् ।

यसैगरी नारी दिवसको दिन अर्थात् आज फागुन २४ गते बुधबारको दिन नारीहरूले ईसेवा मार्फत एनटिसी तथा एनसेल मोबाईलको टपअप गर्दा १० प्रतिशत क्याशब्याक प्राप्त गर्न सक्नेछन् । 
यसको लागि टपअप गर्दा प्रोमोकोड नारी (NAARI) प्रयोग गर्नुपर्नेछ । 

पछिल्लो अध्यावधिक: फागुन २४, २०७९ ८:३६