close

एनसेलका लागि दूरसञ्चार उपकरण जडान गर्ने कम्पनी काम नै छाडेर सम्पर्क विहीन

टेकपाना टेकपाना

असार ९, २०८० १८:३

एनसेलका लागि दूरसञ्चार उपकरण जडान गर्ने कम्पनी काम नै छाडेर सम्पर्क विहीन

काठमाडौं । एनसेल आजियाटा लिमिटेडका लागि दूरसञ्चार उपकरण जडान गर्ने लगायत अन्य प्राविधिक काम गर्ने कम्पनी काम नै छाडेर सम्पर्क विहीन भएको छ ।

एम/एस इन्टरनेसनल जेनेसिस टेक्नोलोजी नेपाल प्राइभेट लिमिटेड नामक कम्पनीले एनसेलको दूरसञ्चार सेवा सञ्चालनका लागि टावर निर्माण, अप्टिकल फाइबर बिछ्याउने, तार तान्ने दूरसञ्चार उपकरण जडान गर्ने तथा देशका विभिन्न स्थानमा एनसेलले स्थापना गरेको डेटा सेन्टरहरूमा अनसाइट सपोर्ट सम्बन्धी काम गर्ने गर्दै आएको थियो । 

कम्पनीले एक सूचना जारी गर्दै उक्त एम/एस इन्टरनेसनल जेनेसिस टेक्नोलोजी नेपाल प्राइभेट लिमिटेड नामक कम्पनीले यही जेठ १९ देखि सम्पर्क विहीन भएको जानकारी दिएको छ ।

"साविकको जीटीएल नेपाल प्रा. लि. (GTL Nepal Pvt. Ltd) सँग सम्झौता गरी सेवा लिँदै आइरहेकोमा मिति २०८०/०२/१९ देखि देशको विभिन्न भागमा भैरहेको कामहरू एक्कासी छाडी सम्पर्क विहीन भएको छ," सूचनामा उल्लेख छ । 

एनसेलले पटक पटक सम्पर्क गर्न खोज्दा पनि उक्त कम्पनी सम्पर्कमा नआएको र जवाफ नगरी सम्पर्क विहीन भएको सूचनामा उल्लेख छ । यसले दूरसञ्चार सेवामा अवरोध हुने बताउँदै एनसेलले उक्त कम्पनीलाई तीन दिन भित्र सम्पर्क गर्न आग्रह गरेको छ । 

अन्यथा कम्पनीले कानुनी प्रकृया थालनी गर्ने पनि सूचनामा उल्लेख छ ।   

पछिल्लो अध्यावधिक: असार ९, २०८० १८:३