close

एप्पल भिजन प्रो कारण आफ्नो हेडसेट ढिला सार्वजनिक गर्ने सामसङको निर्णय

टेकपाना टेकपाना

असार २५, २०८० १५:३९

एप्पल भिजन प्रो कारण आफ्नो हेडसेट ढिला सार्वजनिक गर्ने सामसङको निर्णय

 

काठमाडौं । २०२४ को फेब्रुअरी महिनामा सार्वजनिक हुने तयारीमा रहेको सामसङको ‘एक्सटेन्डेड रियालिटी हेडसेट’को सार्वजनिक मिति सरेको छ । मास प्रोडक्सनका लागि तयारीमा रहेको भनिएको हेडसेटको डिजाइन र फिचरमा थप अध्ययन र सुधार गरेर कम्पनीले याे उत्पादन सार्वजनिक गर्ने भएकाे हाे ।

एप्पललेको हेडसेट ‘एप्पल भिजन प्रो’ बजारमा आए लगत्तै कम्पनीले यस्तो निर्णय लिएकाे हाे । एप्पल भिजन प्रो सार्वजनिक भएपछि यसको डिजाइन र फिचरका लागि धेरै एप्पलकाे आलोचना गरिरहेका छन् ।

यस्तोमा कम्पनीले एप्पलको गल्तीबाट आफ्नो प्रडक्टमा सुधार ल्याउन खोजेको अनुमान गर्न सकिन्छ । एप्पलले उत्पादनमा समस्या भएको भन्दै भिजन प्रोको उत्पादन संख्या पनि घटाएको छ ।

यो हेडसेट प्रयोगकर्ताले विभिन्न भर्चुअल मिटिङका लागि प्रयोग गर्न सक्नेछन् । यसमा लाइभ ट्रान्सलेसन फिचरदेखि लिएर प्रयोगकर्ताको शरीर र आखाँको हाउभाउका आधारमा विभिन्न गतिविधि

पछिल्लो अध्यावधिक: असार २५, २०८० १५:३९