close

भायानेट सीईओ सेवा पाठकलाई वर्षको व्यावसायिक महिला सम्मान

टेकपाना टेकपाना

असार २९, २०८० २०:२५

भायानेट सीईओ सेवा पाठकलाई वर्षको व्यावसायिक महिला सम्मान

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन लिमिटेडकी सीईओ सेवा पाठक बोहरालाई 'वर्षको व्यावसायिक महिला २०२३' बाट सम्मानित गरिएको छ । "स्ट्यान्डर्ड चार्टर्ड प्रिजेन्ट्स न्यु बिज बिजनेस वुमन समिट एण्ड अवार्ड २०२३" समारोहमा उनलाई उक्त पुरस्कार दिइएको हो ।

उत्कृष्ट नेतृत्व, आईएसपी क्षेत्रमा आविष्कार र महिला सशक्तिकरणको रुपमा उदाएकी सीईओ बोहराले चार्टर्ड एकाउन्टेन्टदेखि नेपालको प्रमुख मध्यको एक इन्टरनेट सेवा प्रदायक कम्पनीको नेतृत्व सम्मको यात्रा तय गरेकी छन् ।  

सन् २०११ मा नेपालमा पहिलो पटक फाइबर टु द होम (एफटीटीएच) प्रविधि सञ्चालनमा ल्याउने टोलीको अभिन्न अंगको रूपमा उनले भूमिका निर्वाह गरेकी थिइन् ।

सीईओ बोहराको दूरदर्शी मार्गदर्शनमा भायानेटले देशका ९० सहरहरूमा आफ्नो नेटवर्क विस्तार गरिसकेको छ । जसका लागि ५१ शाखाहरू स्थापना गरिएका छन् भने १५०० भन्दा बढी कर्मचारीहरूले रोजगारी पाएका छन् ।

पछिल्लो अध्यावधिक: असार २९, २०८० २०:२५