ट्राफिक प्रहरीले दिएका १० वर्ष पुराना बाइक ईभीमा रूपान्तरण गर्दै आविष्कार केन्द्र
साउन ३, २०८० ८:४०
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय 'बग्गीखाना' ले राष्ट्रिय आविष्कार केन्द्रलाई उपलब्ध गराएको पुराना बाइकलाई विद्युतीय बाइकमा रुपान्तरण गरिने भएको छ ।
फेसबुकमा एक पोस्ट गर्दै केन्द्रका संस्थापक तथा अध्यक्ष महाबिर पुनले यस विषयमा जानकारी दिएका हन् ।
यसका लागि प्रहरीले केन्द्रलाई १० देखि १३ बर्ष सम्म पुरानो राम्रो अवस्थामा रहेका १० वटा मोटरसाइकल केन्द्रलाई उपलब्ध गराएको पुनले बताए । काठमाडौं ट्राफिक प्रहरी कार्यालयका एसपी सन्तोष आचार्यले उक्त बाइकहरू केन्द्रलाई हस्तान्तरण गरेका हुन् ।
यो सहयोगको लागि धन्यवाद व्यक्त गर्दै उपलब्ध मोटरसाइकललाई विद्युतीय मोटरसाइकलमा रुपान्तरण गर्नका लागि परीक्षण गरिने उनले बताएका छन् ।
पछिल्लो अध्यावधिक: साउन ३, २०८० ८:४२
