close

ट्वीटरको चरा हटाउँदै एलन मस्क, भन्छन्ः सबै चरालाई बिदाइ गर्छौं

टेकपाना टेकपाना

साउन ७, २०८० ११:२४

ट्वीटरको चरा हटाउँदै एलन मस्क, भन्छन्ः सबै चरालाई बिदाइ गर्छौं

 

काठमाडौं । ट्वीटरका मालिक एलन मस्कले ट्वीटरको लोगो परिवर्तन गर्ने भएका छन् । एक ट्वीट गर्दै उनले छिट्टै नै ट्वीटरको ब्रान्ड र सबै चरालाई बिदाइ गर्ने उल्लेख गरेका छन् । 

आइतबार एक ट्वीट गर्दै उनले लेखेका छन्, “र चाँडै हामी ट्विटर ब्रान्ड र बिस्तारै, सबै पक्षीहरूलाई बिदाइ गर्नेछौं ।” सोही ट्वीटमा रिप्लाई गर्दै उनले थपे, “यदि पर्याप्त राम्रो एक्स लोगो आज राति पोस्ट गरियो भने, हामी भोलि विश्वव्यापी रूपमा लोगो लाइभ गर्नेछौं ।"

त्यसबाहेक मस्कले लोगोबारे त्यति धेरै केही खुलाएका छैनन् । यसअघि पनि मस्कले ट्वीटरको लोगो परिवर्तन गर्ने सङ्केत दिएका थिए ।

उनले केही दिनका लागि चराको लोगोको ठाउँमा डजक्वाइनको लोगो राखेका थिए ।

त्यसअघि ट्वीटरको कम्पनीको नाम परिवर्तन गरेर एक्स कर्पोरेसन राखेका मस्कले ट्वीटरको लोगो पनि एक्सबाटै राख्ने बताएका छन् ।

पछिल्लो अध्यावधिक: साउन ७, २०८० ११:२४