close

इन्जिनियरिङ पढ्न चाहनेका लागि भदौ २५ मा प्रवेश परीक्षा हुने, अनलाइनबाट यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

भदौ १, २०८० १२:३

इन्जिनियरिङ पढ्न चाहनेका लागि भदौ २५ मा प्रवेश परीक्षा हुने, अनलाइनबाट यसरी दिनुहोस् आवेदन

 

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले शैक्षिक सत्र २०८०/८१ का लागि स्नातक तहमा पढाइ हुने इन्जिनियरिङ विषयहरूको प्रवेश परीक्षा मिति तोकेको छ ।​ आईओईले एक सूचना प्रकाशित गर्दै भर्नाका लागि सञ्चालन गरिने प्रवेश परीक्षाबारे जानकारी दिएको हो ।

सूचना अनुसार आईओईले अध्यापन गराउने १२ ओटा इन्जिनियरिङ विषयको प्रवेश परीक्षा आउँदो भदौ २५ देखि परीक्षा सञ्चालन हुने  छ । प्रवेश परीक्षामा सहभागी हुन विद्यार्थी कक्षा ११/१२ मा भोतिकशास्त्र, रसायनशास्त्र र गणित विषय लिई प्रत्येक विषयमा न्यूनतम 'सी' ग्रेड प्राप्त गरेको हुनुपर्छ ।

त्यस्तै इच्छुक विद्यार्थीले अनलाइन मार्फत भदौ ५ देखि भदौ १९ गतेसम्म फारम भरिसक्नु पर्नेछ । आईओईको प्रवेश परीक्षाका लागि आवेदन दिन यहाँ क्लिक गर्नुहोस् । त्यहाँ तपाईंले आफ्नो व्यक्तिगत तथा शैक्षिक विवरण भर्नुपर्छ । साथै आवेदन फारम बापत दुई हजार रुपैयाँ शुल्क लाग्नेछ ।

कम्प्युटर विधिमार्फत सञ्चालन हुने प्रवेश परीक्षा यो वर्ष आईओई, सूचना तथा सञ्चार प्रविधि केन्द्र (आईसीटीसी) पुल्चोक ललितपुर र पश्चिमाञ्चाल क्याम्पस पोखरामा हुने छ । आवेदन फारम भर्दा नै विद्यार्थी यी सबै कुरा उल्लेख गर्नुपर्ने छ । हाल आईओई अन्तर्गत ५ आङ्गिक तथा १० ओटा सम्बन्धन प्राप्त कलेजहरू सञ्चालमा छन् ।

हेर्नुहोस् सूचना

 

पछिल्लो अध्यावधिक: भदौ १, २०८० १२:४