close

एक वर्षभित्र देशभरका आधारभूत विद्यालयमा पनि उच्च गतिको इन्टरनेट पुग्ने, ४० करोड खर्च हुने

टेकपाना टेकपाना

भदौ १९, २०८० १०:५०

एक वर्षभित्र देशभरका आधारभूत विद्यालयमा पनि उच्च गतिको इन्टरनेट पुग्ने, ४० करोड खर्च हुने

 

काठमाडौं । सरकारले देशभरका सामुदायिक विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्‍याउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केही दिन अघि स्वीकृत गरेको वार्षिक कार्यक्रम अन्तर्गत यस्तो परियोजना अगाडि बढेको हो । 

यद्यपि यो नयाँ परियोजना नभई गत वर्षकै योजनाको निरन्तरताको रूपमा अगाडि बढाउन लागिएको प्राधिकरणले जनाएको छ । वार्षिक कार्यक्रम अनुसार काठमाडौं उपत्यका तथा  भूकम्प प्रभावित आठ जिल्ला बाहेकका ६६ जिल्लाका आधारभूत सामुदायिक विद्यालयलाई उच्च गतिको इन्टरनेटबाट जोडिनेछ । जसका लागि ४० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

नेपाल सरकारको मन्त्रिपरिषद्‌को २९ माघ २०७७ को निर्णय अनुसार यो कार्यक्रम प्राधिकरणले ल्याएको थियो । ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गतको यो परियोजना चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । परियोजना सम्पन्न भएपछि आधारभूत सामुदायिक विद्यालयहरूको डिजिटल सिकाइमा सहयोग पुग्ने आशा गरिएको छ । 

पछिल्लो अध्यावधिक: भदौ १९, २०८० १०:५२