close

ईसेवाको हेल्थ केयर सुविधा, ३६० रुपैयाँमा दुई लाख ३० हजारसम्मको बीमा

टेकपाना टेकपाना

भदौ ३०, २०८० २०:३८

ईसेवाको हेल्थ केयर सुविधा, ३६० रुपैयाँमा दुई लाख ३० हजारसम्मको बीमा

काठमाडौं । भुक्तानी सेवाप्रदायक ईसेवामा आफूसहित अन्य चार जना आफन्त तथा साथीभाइको पूर्ण हेल्थ केयर सुविधा खरिद गर्न सकिन्छ । कम्पनीले हिमालयन एभरेष्ट इन्स्योरेन्स्सँगको सहकार्यमा दैनिक रु. १ भन्दा कममै पूर्ण हेल्थ केयर सुविधा लिन सकिने सुविधा ल्याएको हो । 

ईसेवाको यो सुविधा एक वर्षका लागि ३६० रुपैयाँमा किन्न सकिन्छ । यस्तै आफ्ना अन्य परिवारका सदस्यलाई समावेश गर्नुपरे हरेक सदस्यको वार्षिक २७० रुपैयाँ शुल्क लाग्छ ।

स्वास्थ्य तथा आइपर्ने भवितव्य दुर्घटनामा यो बीमाले केही भए पनि आर्थिक हानीबाट बचाउन सक्छ । सजिलै ईसेवाको मोबाइल एपबाट खरिद गर्न सकिने यस बीमा गरेपछि एक वर्षको अवधिमा दुई लाख ३० हजार रुपैयाँसम्म फाइदा लिन सकिन्छ । जसमा हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट दिइने दुर्घटना उपचार खर्च, अस्पतालले शय्याको शुल्क, पार्थिव शरीर व्यवस्थापन तथा किरिया खर्च, आकस्मिक उपचार र चिकित्सा परीक्षण आदिमा शीर्षकमा त्यो रकमको दाबी गर्न सकिन्छ ।  

त्यस्तै गणेशमान सिंह अस्पतालको दन्त इकाईमा एक पटक निःशुल्क परामर्श र एउटा स्केलिङ सेवामा रु. ५०० छुट, आवरन छाला र कपाल क्लिनिकमा १० प्रतिशत छुट, द ब्युटी बार नेपालमा २० प्रतिशत छुटजस्ता सुविधा रहेका छन् ।

यो बीमा प्योकज खरिद गरेका व्यक्तिले बीमा दाबी गर्नको लागि ३५ दिनभित्र हिमालयन एभरेष्ट इन्स्योरेन्स्मा आवश्यक कागजात सहित सम्पर्क गर्नुपर्ने छ । आज भने हामी ईसेवा केयर कसरी लिने भन्ने बारे जानकारी दिने छौं:

-सबैभन्दा सुरुमा ईसेवामा जानुहोस् । 

-अलि तल स्क्रोल गर्दै जाँदा होम स्क्रिनमा नै ईसेवा केयर देख्न सकिन्छ । त्यहाँ ट्याप गर्नुहोस् ।

-अब त्यहाँ उपलब्ध विवरणसँगै बिल तयार हुन्छ । 

 

 

-यदि परिवार वा साथीको पनि बीमा गरिदिने हो भने तल रहेको ‘एड फ्यामिली मेम्बर’मा थिच्नुहोस् । यसरी नै तपाईंले अन्य सदस्यलाई पनि थप्न सक्नुहुन्छ । यति गरेर ती सदस्यहरूको विवरण राखेसँगै शुल्क पनि तल देखिन्छ । 

 

-अब सबै निश्चित भएपछि ‘प्रोसिड’मा थिचेर टर्म एन्ड कन्डिसन एसेप्ट गरी कन्फर्ममा थिचेर भुक्तानी गर्नुहोस् ।

यसरी तपाईंले ईसेवाको ल्याएको हेल्थ केयर सुविधा लिन सक्नुहुन्छ । यसबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

साथै अर्को भुक्तानी सेवाप्रदायक खल्तीको पनि खल्ती सुरक्षा नामक यही प्रकारको सेवा रहेको छ । त्यसबारे थप बुझ्न भने यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: भदौ ३०, २०८० २०:३८