close

बेलायती विश्वविद्यालयको ‘साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक’ कोर्ष नेपालमा, कति छ शुल्क ?

सञ्जीवन राई सञ्जीवन राई

असोज ३, २०८० १४:५३

बेलायती विश्वविद्यालयको ‘साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक’ कोर्ष नेपालमा, कति छ शुल्क ?

काठमाडौं । सूचना प्रविधि (आईटी) पढ्न चाहनेहरूका लागि नेपालमा विभिन्न विकल्प छन् । बजारकाे माग अनुसार स्वदेशीदेखि विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । नयाँ नयाँ काेर्षहरू थपिने क्रम पनि बढ्दाे छ । यसमध्ये एक हाे, बीएससी (अनर्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक ।

काठमाडौंस्थित इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी (आईएसएमटी) कलेजले पढाउने यो कोर्षको उद्देश्य साइबर सुरक्षाको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नु रहेको छ । बेलायतकाे सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी यसै शैक्षिक सत्रदेखि साइबर सुरक्षा कोर्ष अध्यापन गराउने तयारी भइरहेकाे आईएसएमटी कलेजले जनाएकाे छ ।

कस्तो छ कोर्ष

यो तीन वर्षे (छ सेमेस्टर) ३६० क्रेडिट आवरको कोर्ष हो । साइबर सुरक्षामा विशिष्टकृत (स्पेसलाइज्ड) यस कोर्षमा सम्बन्धित विषयहरू सूक्ष्म रूपमा अध्ययन गरिने कलेजको भनाइ छ । त्यस्तै विद्यार्थीहरूलाई अध्ययन, अभ्यास र परियोजनामार्फत साइबर सुरक्षा तथा डिजिटल फरेन्सिकबारे ज्ञान तथा सीपहरू दिइने पनि कलेजले जनाएको छ ।

याे काेर्षले कम्प्युटर फरेन्सिक क्षेत्रका समस्याहरू समाधान गर्ने, कम्प्युटर फरेन्सिक गर्दा प्राप्त प्रमाणको संरक्षण गर्ने, कम्प्युटिङ (कम्प्युटरको प्रयोग) समाधानहरू विकास र व्यवस्थापन गर्ने, यस क्षेत्रको कानूनी, सामाजिक, नैतिक र व्यावसायिक जिम्मेवारीहरू बुझ्ने दक्ष जनशक्ति उत्पादन गर्ने कलेजकाे आईटी विभागकी सिनियर फ्याकल्टी शिला पाैडेलले बताइन् ।

पाठ्यक्रम

कोर्ष विशिष्टकृत भएकाले साइबर सुरक्षा तथा डिजिटल फरेन्सिकसँग सम्बन्धित कोर्ष बढी छन् । पहिलो वर्षमा कम्प्युटर सिस्टम, आर्किटेक्चर एन्ड नेटवर्कजस्ता  कम्प्युटर साइन्स तथा प्रोग्रामिङका  केही विषय छन् ।

दोस्रो तथा तेस्रो वर्षमा प्रोग्रामिङसँगै मुख्य विषयहरू राखिएको छ । त्यस्तै प्रत्येक वर्षमा परियोजनाहरू राखिएको छ । ती परियोजनामा विद्यार्थीले विषयसँग सम्बन्धित परियोजना अनिवार्य रुपमा बनाउनुपर्ने हुन्छ । 

कोर्षको पाठ्यक्रम

 

सेमेस्टर

विषय

पहिलो

-सफ्टवेयर इन्जिनियरिङ

-कम्प्युटर सिस्टम, आर्किटेक्चर एन्ड नेटवर्क

-इन्ट्रोडक्सन टु प्रोग्रामिङ

दोस्रो

-फुल स्ट्याक डेभलपमेन्ट

-इमर्जिङ टेक्नोलोजी

-स्पेसियलिस्ट प्रोजेक्ट

तेस्रो

-सेक्योर नेटवर्क

-डिजिटल फरेन्सिक कम्प्युटिङ प्राक्टिक्स

-भर्चुअलाइजेसन एन्ड क्लाउड इन्फ्रास्ट्रकचर

चौथौ

-एड्भान्स प्रोग्रामिङ

-साइबर सेक्युरिटी

-इन्टरप्राइज प्रोजेक्ट

पाँचौं

-प्रोजेक्ट: साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक

-साइबर थ्रेट ल्यान्डस्केप

-वेब एप्लिकेसन सेक्युरिटी

छैटौं

-प्रोजेक्ट साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक

-डिजिटल फरेन्सिक इन्भेस्टिगेसन

-पेनिट्रेसन टेस्टिङ एन्ड इथिकल ह्याकिङ 

स्रोत: आईएसएमटी

 

पढेपछिको भविष्य

डिजिटल युगमा इन्टरनेटको प्रयोग व्यापक हुने भएकाले सुरक्षाको खतरा पनि उति नै हुन्छ । त्यसमा नै चाहिने जनशक्तिहरू उत्पादन हुने भएकाले यो कोर्ष अध्ययन गर्ने विद्यार्थीहरूको भविष्य उज्जवल भएको कलेजको दाबी गर्छ ।

यो कोर्ष उत्तीर्ण गरेका विद्यार्थीहरू कम्प्युटर सेक्युरिटी फन्डामेन्टल, नेटवर्क सेक्युरिटी, अपरेटिङ सिस्टम सेक्युरिटी, एप्लिकेसन सेक्युरिटी, डिजिटल एभिडेन्स कलेक्सन र एनालिसिस जस्ता साइबर सुरक्षासँग सम्बन्धित क्षेत्रमा काम गर्न सक्छन् ।

साइबर सुरक्षामा काम गर्ने जनशक्तिको माग सरकारीदेखि निजी क्षेत्र दुवैमा उस्तै छ । शिक्षा, अर्थ, स्वास्थ्य, प्रविधि जस्ता क्षेत्रमा उत्तीर्ण विद्यार्थीहरूले निम्न रुपमा काम गर्न सक्छन्: 

-मालवेयर एनालिस्ट

-पेनिट्रेसन टेस्टर

-नेटवर्क सेक्युरिटी इन्जिनियर

-साइबर सेक्युरिटी एनालिस्ट

-डिजिटल फरेन्सिक इन्भेस्टिगेटर

-इन्फर्मेसन सेक्युरिटी एनालिस्ट

-सेक्युरिटी कन्सल्ट्यान्ट 

त्यस्तै विद्यार्थीहरूले यिनै विषयमा वा कम्प्युटर सम्बन्धी अन्य विषयमा थप अध्ययन गर्न सक्नेछन् ।  

छात्रवृत्ति, शुल्क र भर्ना

यो एक ओपन स्ट्रिम विषय हो । अर्थात् कक्षा ११/१२ मा जुनै विषय पढे पनि विद्यार्थीहरूले यो कोर्ष पढ्न पाउँछन् । कलेजले बेलायती विश्वविद्यालयको शैक्षित्र क्यालेन्डर अवलम्बन गर्ने भएकाले वर्षमा तीन ओटा इन्टेक (भर्ना कार्यक्रम) लिने गर्छ । त्यस्तै कक्षा १२ मा राम्रो नतिजा ल्याएका विद्यार्थीहरूलाई छात्रवृत्ति पनि दिने गरेको छ ।

याे काेर्ष पढ्न १० लाख ९८ हजार रूपैयाँ शुल्क लाग्छ ।

कलेजका अनुसार कक्षा १२ को अन्तिम नतिजामा ७० प्रतिशतभन्दा बढी ल्याएका विद्यार्थीले पहिलो वर्षको शुल्कमा २० प्रतिशत, ६० प्रतिशत‍ ल्याए १५ प्रतिशत र ५० प्रतिशत ल्याए १० प्रतिशत छुट पाउनेछन् । 

कोर्षबारे थप बुझ्न भने यहाँ क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज ३, २०८० १५:७