close

ईसेवाबाट मोबाइल टपअप गर्ने २ जनाले सामसङका महँगा फोन र एउटाले स्मार्ट वाच पाउने

टेकपाना टेकपाना

असोज ३, २०८० २१:११

ईसेवाबाट मोबाइल टपअप गर्ने २ जनाले सामसङका महँगा फोन र एउटाले स्मार्ट वाच पाउने

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले नेपाल टेलिकमको नमस्ते मोबाइल र एनसेलमा टपअप गर्ने तीन जना भाग्यशाली बिजेतालाई उपहारमा सामसङको फ्ल्यागशिप फोन दिने भएको छ । आउँदै गरेको नेपालीहरूको महान चाड दशैंलाई लक्षित गर्दै कम्पनीले टप-अप गर्ने ग्राहकका लागि यस्तो अफर ल्याएको हो । 

१ असोजदेखि सुरु भएको यो अफर ३० असोजसम्म सञ्चालन हुनेछ । त्यसबीचमा ईसेवाको एप तथा वेब भर्सन प्रयोग गरी टप-अप तथा डेटा प्याक खरिद गर्ने मध्ये तीन जना प्रयोगकर्ताले सामसङको फ्ल्यागशिप फोन पाउने छन् । 

तर टपअप गरिने ईसेवा अकाउन्ट भने भेरिफाइड हुनुपर्ने कम्पनीले जनाएको छ ।

यो अवधिभर ईसेवाबाट नेपाल टेलिकमको प्रिपेड वा पोस्टपेड सिममा टप-अप गर्ने ग्राहकले सामसङ जेड फोल्ड फाइभ पाउन योग्य हुनेछन् । त्यस्तै एनसेलमा टपअप गर्ने प्रयोगकर्ताले ग्यालेक्सी जेड फाइभ फ्लिपका लागि छनोट हुनेछन् । 

साथै ईसेवाबाट एनसेल वा नमस्तेको सिमका लागि डेटा खरिद गर्ने प्रयोगकर्ता ग्यालेक्सी वाच सिक्सका लागि योग्य हुनेछन् । यी तीन ओटा प्रोडक्टका तीन जना विजेता कात्तिक महिनाको पहिलो हप्ता घोषणा गरिने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार विजेताले बजार मूल्यको २५ प्रतिशत कर (टीडीएस) तिर्नुपर्ने हुन्छ । विजेता घोषित भएको एक महिनाभित्र पुरस्कार दाबी गरिसक्नुपर्ने हुन्छ ।

 

पछिल्लो अध्यावधिक: असोज ३, २०८० २१:११