close

हवाई यात्रुलाई सुविधा दिन एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

टेकपाना टेकपाना

असोज ५, २०८० ११:३५

हवाई यात्रुलाई सुविधा दिन एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

काठमाडौं । एनएमबि बैंक र बुद्ध एयरलाइन्सले संयुक्त रूपमा एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक गरेका छन् । बिहीवार काठमाडौंमा एक कार्यक्रम गर्दै यी दुई कम्पनीले नयाँ भिसा डेबिट कार्ड सार्वजनिक गरेका हुन् । 

ग्राहकहरूको यात्रालाई सहज बनाउने उद्देश्यले दुई संस्थाबीच सहकार्य गरेर उक्त डेबिट कार्ड ल्याएको एनएमबि बैंकका ब्रान्ड तथा मार्केटिङ म्यानेजर पवल खरेलले बताए । उनका अनुसार हवाई यात्रा गरिरहनु पर्ने ग्राहकका लागि यो सेवा उपयुक्त हुनेछ ।

त्यस्तै यस कार्ड लिएका ग्राहकले हवाई टिकट खरिद गर्दा भाडामा १० प्रतिशत छुट पाउनेछन् । साथै ग्राहकले देशभित्र नै हवाई यात्रा गर्दा थप पाँच किलो सामान निःशुल्क लान सक्नेछन् । 

बैंकका अनुसार यो कार्ड प्रयोग गर्ने ग्राहकले शतप्रतिशत भाडा (१००% क्याशब्याक ) फिर्ता पाउन सक्नेछन् ।

साथै नेपालको जुनसुकै ठाउँमा रहेका एटीएमबाट निःशुल्क नगद झिक्न सक्नेछन् । यो कार्ड लिन बैंकमा सम्पर्क गर्नुपर्ने र बैंकबाट पहिले नै डेबिट कार्ड ल्याए त्यो कार्डलाई हालै सार्वजनिक भएको यो कार्डमा रुपान्तरण गर्न सकिने बैंकले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज ५, २०८० ११:४५