close

नेपाली ब्रान्ड अल्टिमाका दुई नयाँ स्मार्टवाच आउँदै, सार्वजनिक हुने बित्तिकै किन्दा २ हजार छुट

टेकपाना टेकपाना

असोज ११, २०८० १७:१७

नेपाली ब्रान्ड अल्टिमाका दुई नयाँ स्मार्टवाच आउँदै, सार्वजनिक हुने बित्तिकै किन्दा २ हजार छुट

काठमाडौं । नेपाली ब्रान्ड अल्टिमा लाइफस्टाइलले दुई मोडेलका स्मार्टवाच ल्याउने भएको छ । यसअन्तर्गत कम्पनीले 'अल्टिमा वाच सर्कल' र 'अल्टिमा वाच म्याजिक प्रो' मोडेलका स्मार्टवाच १७ असोज अर्थात् आगामी बुधवार सार्वजनिक गर्न लागेकाे हाे ।

कम्पनीका अनुसार यी स्मार्टवाचकाे प्रि-लञ्च अफर असाेज १४-१६ गतेसम्म चल्नेछ । साे अवधिमा ग्राहकले दुवै माेडेलमा दुई/दुई हजार रुपैयाँ छुट पाउने छन् । असाेज १७ गते आधिकारिक रूपमा स्मार्टवाच सार्वजनिक भएपछि पनि सीमित प्रयाेगकर्ताले सीमित अवधिसम्म उक्त छुट पाउने कम्पनीले जनाएकाे छ ।

प्रि-लन्च अफर अन्तर्गत प्रयोगकर्ताले अल्टिमा वाच सर्कल ईसेवाबाट अर्डर गर्न सक्नेछन् । ​ईसेवाबाट अर्डर गर्दा प्रयोगकर्ताले अल्टिमा वाच सर्कलमा ५०० रुपैयाँकाे डिस्काउन्ट भाउचर र २०० रुपैयाँ ईसेवाबाट क्याशब्याक पाउनेछन् । ईसेवाबाट प्राप्त डिस्काउन्ट भाउचर प्रयोगकर्ताले अन्य प्रडक्ट खरिद गर्दा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ । यसरी बजार मूल्य पाँच हजार ९९९ रुपैयाँ पर्ने अल्टिमा वाच  सर्कल ग्राहकले तीन हजार ९९९ रुपैयाँमा मै प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै 'अल्टिमा वाच म्याजिक प्रो' किन्न इच्छुकले आईएमई पे वालेटबाट अर्डर गर्नुपर्ने हुन्छ । सो प्लेटफर्मबाट अर्डर गर्दा प्रयोगकर्ताले ५०० रुपैयाँ डिस्काउन्ट भाउचर र २०० रुपैयाँ आईएमई पेबाट इन्स्यान्ट क्याशब्याक पाउनेछन् । आईएमई पेबाट प्राप्त डिस्काउन्ट भाउचर प्रयोगकर्ताले अन्य प्रडक्ट खरिद गर्दा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ । यसरी बजार मूल्य चार हजार ९९९ रुपैयाँ पर्ने अल्टिमा वाच  म्याजिक प्रो ग्राहकले दुई हजार ९९९ मै प्राप्त गर्न सक्नेछन् । 

प्रि-लन्च अफरमा निर्धक्क छुट पाइन्छ भने आधिकारिक लन्चपछि सीमित अवधीसम्म सीमित युनिटका लागि मात्र सो रकम छुट हुनेछ । 

कस्तो छ अल्टिमा वाच सर्कल ? 

अल्टिमा वाच  सर्कलमा १.४३ इन्च टीआरयू एमोलेड डिस्प्ले छ । ८०० निट्स ब्राइटनेस भएको यो स्मार्टवाचको रेजोलुसन ४६६*४६६ रहेको छ । ब्लुटुथ कलिङ सुविधा भएको यो स्मार्टवाचमा कम्पनीले ५.३ भर्सनको ब्लुटुथ उपलब्ध गराएको छ । 

पानी र धुलो प्रतिराेध गर्नका लागि स्मार्टवाचले आईपी ६८ रेटिङ पाएको छ । यसमा २५० एमएएच क्षमताको ब्याट्री उपलब्ध गराइएको छ । एक घण्टामा फुल चार्ज हुने सो स्मार्टवाचको ब्याट्री जति प्रयोग गरे पनि दुईदेखि तीन दिनसम्म टिक्ने कम्पनीको दाबी छ । 

सय ओटाभन्दा बढी स्पोर्ट्स मोड रहेको यो स्मार्टवाचमा हर्ट रेट, एसपीओ टु, स्लिप मनिटररिङ, अटो स्लिप ट्रयाकर जस्ता सुविधा छन् । त्यसबाहेक पनि स्ट्रेस मनिटरिङ, फिमेल हेल्थ ट्रयाकिङ, ड्रिङ्किङ वाटर मोड यो स्मार्टवाचका थप विशेषता हुन् । 

मेसेज, कल, ह्वाट्सएप लगायत अन्य विभिन्न एपका नोटिफिकेसन पनि यो स्मार्टवाचमा हेर्न सकिन्छ । आईओ‍एस ८ र एन्ड्रोइड ५.१ तथा ब्लुटुथ ४.० मा यो स्मार्टवाच सपोर्ट हुन्छ । 

३९ ग्राम तौल भएको यो स्मार्टवाच खरिद गर्दा कम्पनीले दुई ओटा स्क्रिन प्रोटेक्टर, एउटा क्याटलग र एउटा स्टिकर उपलब्ध गराउने बताएको छ ।

एक वर्षको वारेन्टी रहेको यो स्मार्टवाचमा कम्पनीले १५ दिनको रिप्लेसमेन्ट ग्यारेन्टी दिने कम्पनीको भनाइ छ । यो स्मार्टवाच ब्ल्याक र पिंक कलरमा खरिद गर्न सकिन्छ । 

अल्टिमा वाच म्याजिक प्रो 

१.९६ इन्च अल्ट्रा भीयू स्मुथ एचडी डिस्प्ले भएको यो स्मार्टफोमा ३२०*३८६ पिक्सेल रेजोलुसन रहेको छ । यसमा कम्पनीले ५०० निट्स ब्राइटनेस उपलब्ध गराएको छ । 

ब्लुटुथ अन्तर्गत यसमा ५.३ भर्सनको ब्लुटुथ सिस्टम उपलब्ध गराइएको छ । जसको सहायताले कल उठाउन, काट्न, कल रेकर्ड हेर्न, कन्ट्याक्ट थप्न सकिन्छ । यसैबाट डायल गरेर फोन गर्न समेत सकिने व्यवस्था कम्पनीले मिलाएको छ । यसमा पनि २३० एमएएच क्षमताको ब्याट्री दिइएको छ । यसले सामान्य अवस्थामा सात दिन र हेभी युजमा दुईदेखि तीन दिनको ब्याकअप दिने कम्पनीको दाबी छ । 

यसले एक मिटरसम्मको गहिराईमा ३० मिनेटसम्मको वाटर रेसिस्ट गर्ने कम्पनीको भनाइ छ । जसका लागि यो स्मार्टवाचले आईपी ६८ रेटिङ पाएको छ । यसमा पनि १०० ओटा स्पोर्ट्स मोड, २०० भन्दा बढी फेस र केही इन्बिल्ट गेमहरू रहेका छन् । 

यसमा हर्ट रेट, अटो स्लिप, एसपीओटु सेन्सर, स्ट्रेस मनिटरिङ, हर्ट रेट वार्निङ, रिमाइन्डर मोड, फिमेल हेल्थ जस्ता सुविधा दिइएको छ । क्वीक रिप्लाई, म्युजिक तथा क्यामेरा कन्ट्रोल तथा भ्वाइस असिस्टेन्टको नोटिफिकेसन तथा मेनेजमेन्ट यसैबाट गर्न सकिन्छ । 

यसमा पनि कम्पनीले दुई ओटा स्क्रिन प्रोटेक्टरम एउटा क्याटालग, एउटा स्टिकर उपलब्ध गराउनेछ । त्यस्तै एक वर्षसम्मको वारेन्टी हुने यो स्मार्टवाचमा १५ दिनको रिप्लेसमेन्ट ग्यारेन्टीको सुविधा रहेको छ । यो स्मार्टवाच ब्ल्याक, पिंक र डायमन्ड कलरमा खरिद गर्न सकिन्छ । 

कहाँ खरिद गर्न सकिन्छ ? 

यी स्मार्टवाच अल्टिमाको आफ्नै वेबसाइट, दराज अनलाइन शपिङ, सस्तोडिल, ब्रोदरमार्ट तथा ग्यापु जस्ता प्लेटफर्मबाट खरिद गर्न सकिन्छ ।

अफलाइनमा खरिद गर्ने प्रयोगकर्ताले हुकुट स्टोर, बिग डिजिटल तथा नियो स्टोरबाट खरिद गर्न सक्नेछन् । 

पछिल्लो अध्यावधिक: असोज १२, २०८० १४:४१