close

मोबाइलमै यसरी हेर्नुहोस् नेपाल भारतबीच चलिरहेको क्रिकेटको प्रत्यक्ष प्रसारण

टेकपाना टेकपाना

असोज १६, २०८० ७:३५

मोबाइलमै यसरी हेर्नुहोस् नेपाल भारतबीच चलिरहेको क्रिकेटको प्रत्यक्ष प्रसारण

नेपाली क्रिकेटका लागि आज एउटा महत्त्वपूर्ण खेल भइरहेको छ । नेपालको सिनियर राष्ट्रिय टोलीले चीनमा जारी एसियाड अन्तर्गत चलिरहेको क्रिकेट प्रतियोगिताको क्वार्टर फाइनलमा भारतसँग भिडिरहेको छ । 

नेपाली समयअनुसार बिहान ६ः४५ देखि सुरु भएको यो खेलमा टस हारेको नेपाल पहिला बलिङ गरिरहेको छ । उक्त खेलको प्रत्यक्ष प्रसारण सोनी स्पोर्ट्स र डीडी स्पोर्ट्समा भइरहेको छ । 

तर अनलाइनमा खेल हेर्नका लागि भने कतिपयलाई समस्या भइरहेको छ । नेटटिभीले आफ्नो मोबाइल एपमा डीडी स्पोर्ट्सको लाइभ दिइरहेको छ । जुन निःशुल्क रूपमा हेर्न सकिन्छ । 

यसका लागि तपाईंले सबैभन्दा पहिला नेटटिभीको मोबाइल एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् अथवा आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् । त्यसपछि निम्न अनुसारको विधि अपनाउनु होस् ।

मोबाइलबाट नि:शुल्क खेलको प्रत्यक्ष प्रसारण हेर्न यसो गर्नुहोस्:  

- प्ले स्टोरमा अथवा एप स्टोरमा गएर 'नेटटिभी'  (NetTV) ​इन्स्टल गरेर ओपन गर्नुहोस् ।
- गेट स्टार्टेड (Get started) मा क्लिक गर्नुहोस् ।
- एप कसरी प्रयोग गर्ने भनेर दिइने निर्देशनहरूलाई स्किप गर्दै लगइनको पेजमा जानुहोस् । त्यहाँ गएर तपाईँले विभिन्न माध्यमबाट एपमा साइन-इन गर्न सक्नुहुन्छ ।

- यदि तपाईँ वर्ल्डलिंकको प्रयोगकर्ता हुनुहुन्छ भने 'साइन इन विथ योर आईएसपी' अप्सनमा क्लिक गरेर आफ्नो युजरनेम र पासवर्ड राखेर लगइन गर्न सक्नुहुन्छ । अन्यथा साइन इन विथ गुगल, फेसबुक वा एनसेल गरेर आवश्यक विवरण भरेर लगइन गर्न सक्नुहुन्छ । 
- त्यसपछि स्क्रिनको बायाँतिर सबैभन्दा माथि भएको 'लाइभ टिभी' मा क्लिक गर्नुहोस् ।
- अब त्यहाँ खेलको लाइभ प्रसारण गरिरहेको डीडी स्पोर्ट्समा जानुहोस् र लाइभ हेर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज १६, २०८० ७:४२