close

अब एप्पलले बट्टा नखोलेर राखिएका आईफोन समेत अपडेट गरिदिने

टेकपाना टेकपाना

असोज २९, २०८० १४:१६

अब एप्पलले बट्टा नखोलेर राखिएका आईफोन समेत अपडेट गरिदिने

 

काठमाडौं । एप्पलले बट्टा नखोलेर स्टोरमा राखिएका नयाँ आईफोन समेत अपडेट गर्न सकिने प्रणाली विकास गरेको छ । प्याकेजिङ भएको अवस्थामा नै आईफोन अपडेट गर्न सकिने सुविधा एप्पलले विकास गरिरहेको समाचार संस्था ब्लुमवर्गले जनाएको छ ।

ब्लुमवर्गका अनुसार यो कामका लागि एप्पलले ताररहित विधिमार्फत आईफोन अन गर्न 'प्याड लाइक डिभाइस' प्रणाली प्रयोग गर्छ । त्यसपछि सोही विधिबाट सफ्टवेयर अपडेट गरेर पुन: फोन अफ गर्ने गर्छ । 

यद्यपि यो फिचर अहिले विकासकै चरणमा रहेको छ । सन् २०२३ को अन्त्यसम्ममा एप्पलले आफ्ना स्टोरहरूबाट यो सेवा दिन सक्ने बताइएको छ । यो सेवा सार्वजनिक भएपछि आईफोन किनेपछि मात्र अपडेट गर्नु पर्ने बाध्यता हट्ने बताइएको छ । 

हालै बजारमा आएका, तर प्रयोगकर्ताले किन्नु अगावै आईओएस अपडेट गर्नुपर्ने अवस्थामा यो प्रणाली उपयोगी हुने विश्वास गरिएको छ । त्यस्तै एप्पलले आईफोन बाहेक म्याक, आईप्याड जस्ता आफ्ना अन्य उत्पादनमा समेत यो प्रणाली प्रयोग गर्ने उल्लेख गरिएको छ । 

साथै पछिल्लो सफ्टवेयर अपडेट तत्कालै गरिने हुँदा एप्पलका उत्पादनमा बलियो सुरक्षा हुने दाबी समेत गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २९, २०८० १४:१७