close

अब फेसबुक जस्तै ह्वाट्सएपमा पनि दुई ओटा अकाउन्ट एकैसाथ लगइन गर्न सकिने

टेकपाना टेकपाना

कात्तिक २, २०८० १७:५६

अब फेसबुक जस्तै ह्वाट्सएपमा पनि दुई ओटा अकाउन्ट एकैसाथ लगइन गर्न सकिने

 

काठमाडौं । मेटाका सीईओ मार्क जुकरबर्गले फेसबुक जस्तै ह्वाट्सएपमा पनि दुई ओटा अकाउन्ट स्वीच गर्न सकिने फिचर उपलआध गराउने जानकारी दिएका छन् । बिहीवार फेसबुकमा एक पोस्ट राख्दै जुकरबर्गले छिट्टै ह्वाट्सएप एपमा दुई ओटा अकाउन्ट स्वीच गर्न सकिने फिचर उपलब्ध हुने जानकारी दिएका हुन् ।

दुई ओटा ह्वाट्सएप अकाउन्ट प्रयोग गर्ने प्रयोगकर्ताका लागि यो सुविधा उपयुक्त हुने विश्वास गरिएको छ । सुरुवाती चरणमा ह्वाट्सएपले यो सुविधा एन्ड्रोइड डिभाइसमा उपलब्ध हुने उल्लेख छ । आगामी साता सार्वजनिक हुन लागेको यो फिचरको सहायताले प्रयोगकर्ताले आफ्नो व्यक्तिगत र व्यवसायिक ह्वाट्सएप अकाउन्टलाई एउटै एपबाट व्यवस्थापन गर्न सक्नेछन् ।

तर, एउटै नम्बरबाट दुई ओटा ह्वाट्सएप अकाउन्ट भने खोल्न सकिने छैन । दुई ओटै अकाउन्ट फरक फरक नम्बरबाट खोल्नुपर्नेछ । दोस्रो अकाउन्ट बनाउनका लागि तपाईंले अर्को नम्बर प्रयोग गर्नुपर्ने हुन्छ । त्यसबाहेक ओटीपी प्राप्त गर्नका लागि पनि प्रयोगकर्ताले फरक सिमकार्ड नम्बरबाट अकाउन्ट बनाएको हुनुपर्नेछ ।

एउटै डिभाइसमा दुई ओटा ह्वाट्सएप अकाउन्टमा प्रयोग गर्न सजिलो बनाउनका लागि ह्वाट्सएप काम गरिरहेको छ । अन्तराष्ट्रिय सञ्चार माध्यम द भर्जका अनुसार कम्पनीले २०२१ देखि नै ह्वाट्सएपले एउटै एपमा मल्टिपल अकाउन्ट स्वीच गर्न सकिने सुविधामा काम गरिरहेको थियो ।

यसको सहायताले एप तथा ब्राउजरमा प्रयोगकर्तालाई एकै पटक दुई वा सोभन्दा बढी अकाउन्टमा एक्सेस दिने कम्पनीको लक्ष्य छ । आईओएस वा एन्ड्रोइडमा ह्वाट्एपको यो नयाँ फिचर कहिले आउँछ भन्नेबारे कम्पनीले स्पष्ट जानकारी भने दिएकाे छैन् । 

पछिल्लो अध्यावधिक: कात्तिक २, २०८० १७:५६