close

युजरनेम सर्च गर्न मिल्ने फिचर ल्याउँदै ह्वाट्सएप

टेकपाना टेकपाना

मंसिर १९, २०८० ८:२७

युजरनेम सर्च गर्न मिल्ने फिचर ल्याउँदै ह्वाट्सएप

काठमाडौं । मेसेजिङ एप ह्वाट्सएपले युजरनेमबाट अन्य प्रयोगकर्ता सर्च गर्न मिल्ने फिचर ल्याउने भएको छ । ह्वाट्सएपको नयाँ फिचरबारे जानकारी दिने ब्लग वाबेटाइन्फोका अनुसार गोपनियतालाई थप सहयोग गर्ने गरी कम्पनीले नयाँ सर्च-बार फिचर ल्याउने भएको हो ।

यो फिचर सार्वजनिक भएपछि फोन नम्बरबाट नभई युजरनेमबाट नै अन्य प्रयोगकर्ताहरू सर्च सकिने छ । त्यसले ह्वाट्सएपमा जोडिन अरूलाई फोन नम्बर दिनुपर्ने बाध्यता हट्ने छ । त्यस्तै, व्यक्तिगत सूचना तथा गोपनियतालाई प्राथमिकता दिने प्रयोगकर्ताका लागि ह्वाट्सएपको यो फिचर उपयोगी अपेक्षा गरिएको छ ।

अहिले विकासको चरणमा नै रहेको यो फिचर सार्वजनिक भएपछि प्रयोगकर्ता आफैंले युजरनेम राख्न सक्ने र त्यसलाई जहिल्यै पनि सम्पादन गर्न सकिने बताइएको छ । यद्यपि ह्वाट्सएपको यो फिचर कहिले उपलब्ध हुन्छ भन्ने खुलाइएको छैन । तर एन्ड्रोइड तथा आईओएसको नयाँ अपडेटमा यो फिचर आउन सक्ने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १९, २०८० ८:२७