close

दशैंमा नेपाल टेलिकम र एनसेलका अफरः अनलिमिटेड डेटादेखि रिचार्जमा ८ जीबीसम्म डेटा बाेनस

टेकपाना टेकपाना

कात्तिक ४, २०८० १७:१८

दशैंमा नेपाल टेलिकम र एनसेलका अफरः अनलिमिटेड डेटादेखि रिचार्जमा ८ जीबीसम्म डेटा बाेनस

 

काठमाडौं । बडा दशैंको अवसर पारी मोबाइल सेवाप्रदायक नेपाल टेलिकम र एनसेल आजियाटाले आफ्ना ग्राहकका लागि अफर ल्याएका छन् । यसअन्तर्गत डेटा, भ्वाइस तथा एसएमएसमा विभिन्न प्याकेजका साथमा रिचार्जमा बोनस सुविधा दिइएको छ ।

नेपाल टेलिकम

टेलिकमले दशैं अफर अन्तर्गत सहुलियत दरका डेटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस उपलब्ध गराएकाे छ ।

कात्तिक १० गतेसम्म उपलब्ध हुने दशैं अफर अन्तर्गत रु. ४९ मा एक दिन प्रयोग गर्न सकिने १ एमबीपीएस अनलिमिटेड डेटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेज उपलब्ध छ ।

त्यसैगरी रु. ९८ मा तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डेटा प्याक उपलब्ध हुनेछ भने रु. १९९ मा सात दिनसम्म प्रयोग गर्न सकिने १३ जीबी डेटा प्याक, रु. २९४ मा १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डेटा प्याक र रु. ३९९ मा १५ दिनसम्म प्रयोग गर्न सकिने ३० जीबी डेटा प्याक उपलब्ध हुनेछ ।

यही अफर अन्तर्गत रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डेटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ । त्यसैगरी एमपोस र फिजिकल रिचार्ज कार्डबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डेटा प्याकेज उपलब्ध गराइने टेलिकमले जनाएकाे छ । यस अनुसार रु. २०० देखि रु. ४९९ सम्मको रिचार्ज गर्दा दुई दिनका लागि प्रतिदिन १ जीबीका दरले चलाउन सकिने गरी २ जीबी डेटा उपलब्ध हुनेछ ।

त्यसैगरी रु. ५०० र सोभन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जीबी डेटा उपलब्ध हुनेछ । त्यस्तै कम्पनीले रु.​ ११९९ मा सजिलो अनलिमिटेड प्याकेज उपलब्ध गराउने भएकाे छ । यसअघि याे प्याकेजकाे शुल्क रु. १४९९ थियाे ।

यस अफर अन्तर्गत अनलिमिटेड अल–नेट भ्वाइस कल, १००० वटा अल–नेट एसएमएस र प्रतिदिन ४ जीबी डेटा उपलब्ध हुनेछ । यो प्याक प्रिपेड मोबाइलमा २८ दिन र पोस्टपेड मोबाइलमा ३० दिनसम्म चलाउन पाइने छ ।

पोस्टपेड मोबाइलमा आवश्यक रेन्टल समेत यसमा समावेश हुनेछ । यी प्याकहरू माेबाइलमा  *1415*11#  डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी उपयाेग गर्न सकिन्छ । 

कम्पनीले दशैंकै अवसर पारी प्रति एसएमएस ५० पैसामा पठाउन सकिने अफर ल्याएको छ । योसँगै एक हजार रुपैयाँमा दुई हजार एसएमएस दुई दिनभित्र पठाउन सकिने कम्पनीले जनाएको छ ।

त्यस्तै दुई हजार ५०० रुपैयाँमा पाँच दिनभित्रमा पाँच हजार एसएमएस पठाउन सकिने छ । यसैगरी पाँच हजार रुपैयाँमा १० दिनभित्र १० हजार एसएमएस पठाउन सकिने छ । नेपाल टेलिकमको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनै पनि कर समावेश नभएको कम्पनीले उल्लेख गरेको छ । 

एनसेल

एनसेलले बडा दशैं २०८० को अवसरमा चाडपर्वको अवसरमा आफ्ना प्रिपेड तथा पोस्टपेड ग्राहकका लागि रिचार्जमा बोनस अफर ल्याएको छ । यो योजना अन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले रु. २०० वा सो भन्दा बढीको रिचार्जमा डेटा बोनस प्राप्त गर्नेछन् ।

ग्राहकले रिचार्ज गरेको रकमको आधारमा २००० एमबीदेखि ८००० एमबी बोनस डेटा प्राप्त गर्नेछन् । यसअन्तर्गत रु २०० देखि रु ४९९ सम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले ४०० एमबी अलटाइम डेटा र बेलुका ११ बजेदेखि बेलुका ६ बजेसम्म (१९ घण्टा) प्रयोग गर्न सकिने १६०० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् ।

त्यस्तै रु ५०० भन्दा बढी ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले २४०० अल टाइम डेटा र बेलुका ११ बजेदेखि बेलुका ६ बजेसम्म (१९ घण्टा) प्रयोग गर्न सकिने ५६०० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । बोनस स्वरुप प्राप्त डेटा भोलुम २ दिनको दिनको लागि मान्य रहने छ ।

कुनै पनि फिजिकल वा डिजिटल माध्यमबाट रिचार्ज गर्ने बित्तिकै बोनस डेटा प्राप्त हुनेछ । यो योजना अन्तर्गत एनसेल सापटी र ब्यालेन्स ट्रान्सफर मार्फत भएको ब्यालेन्स टप अप बोनसको लागि मान्य नहुने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: पुस २६, २०८० १६:३३