close

बेलायतको ट्याङ्गो पेमार्फत ईसेवा वालेटमा रकम पठाउँदा आईफोन १५ जित्ने अवसर

टेकपाना टेकपाना

कात्तिक २५, २०८० १६:१२

बेलायतको ट्याङ्गो पेमार्फत ईसेवा वालेटमा रकम पठाउँदा आईफोन १५ जित्ने अवसर

काठमाडौं । डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले बेलायतस्थित ट्याङ्गो पेसँगको साझेदारीमा आईफोन जित्ने अफर ल्याएको छ ।

शुक्रवारदेखि सुरु भएको यो योजना १५ जनवरीसम्म लागू हुनेछ, जसअन्तर्गत बेलायतबाट ट्याङ्गो पेमार्फत नेपालमा ईसेवा वालेटसहित ईसेवा मनि ट्रान्सफर सम्बद्ध विभिन्न माध्यममा सोझै नगद पठाउँदा आईफोन १५ जित्नसक्ने छन् ।

''ग्राहकको अनुभव अभिवृद्धि गर्न हामी थुप्रै योजनाहरू जारी गर्दै सहज सेवा प्रदान गर्न प्रतिबद्धता छौं । ट्याङ्गो पेसँगको साझेदारीमा आईफोन जित्ने योजना आएसँगै अब बेलायत बस्दै आउनु भएका नेपालीहरूले ईसेवा मनि ट्रान्सफरमार्फत सहज रुपमा नेपाल पैसा पठाई आईफोन जित्न सक्नुहुनेछ,'' ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने ।

ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ईसेवा वालेटका ७५ लाखभन्दा बढी प्रयोगकर्ता र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ । त्यस्तै यो मनि ट्रान्सफरले आफ्ना १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा ईसेवाका एक लाखभन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि सेवाग्राहीहरुलाई विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २५, २०८० १६:१२