close

भारतमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह, यी हुन् आपतकालीन सम्पर्क नम्बर

टेकपाना टेकपाना

बैशाख २६, २०८२ १९:५०

भारतमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह, यी हुन् आपतकालीन सम्पर्क नम्बर

काठमाडौँ । भारतमा रहेका नेपाली नागरिकलाई सचेत र सुरक्षित रहन नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ । भारतको जम्मू-कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी हमलापछि भारत-पाकिस्तानबिच बढ्दो तनावलाई मध्यनजर गर्दै राजदूतावासले यस्तो अनुरोध गरेको हो ।

राजदूतावासले भारत सरकारका आधिकारिक निकायहरूले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न पनि नेपाली नागरिकहरूलाई आग्रह गरेको छ । साथै, कुनै संकट उत्पन्न भएमा नजिकको सुरक्षित स्थान पहिचान गर्न तथा नेपाली राजदूतावास वा महावाणिज्यदूतावासमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

दूतावासले आपतकालीन अवस्थामा निम्न नम्बरहरूमा सम्पर्क गर्न सकिने जनाएको छ:

नयाँ दिल्लीस्थित नेपाली राजदूतावास

  • टेलिफोन नं.: +९१-११-२३४७६२००

  • हटलाइन नं.: +९१-८९२९६०१९२५

कोलकातास्थित नेपाली महावाणिज्यदूतावास

  • टेलिफोन नं.: +९१-०३२४५-६१२२४

  • मोबाइल नं.: +९१-९७४८४६६९००

पछिल्लो अध्यावधिक: बैशाख २६, २०८२ १९:५०