close

टिकटक बन्द गर्ने सरकारको निर्णय गलतः गगन थापा

टेकपाना टेकपाना

कात्तिक २७, २०८० १४:३५

टिकटक बन्द गर्ने सरकारको निर्णय गलतः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको टिप्पणी गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जाल टिकटकमाथि तत्काल रोक लगाउने निर्णय गरेलगत्तै सत्ता साझेदार कांग्रेसका महामन्त्री थापाले यस्तो अभिव्यक्ति दिएका हुन् ।

सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक भएको, तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत भएको उनको तर्क छ ।

''यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत 'अभिव्यक्ति तथा वैयक्तिक स्वतन्त्रता' लाई कुण्ठित गर्ने देखियो।  सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन,'' थापाले सामाजिक सञ्जाल पोस्टमा भनेका छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक २७, २०८० १४:३५