close

युट्युबमा अब ‘एङ्ग्री बर्ड्स’ सहित ३७ ओटा गेम खेल्न सकिने

टेकपाना टेकपाना

मंसिर १०, २०८० १५:५६

युट्युबमा अब ‘एङ्ग्री बर्ड्स’ सहित ३७ ओटा गेम खेल्न सकिने

काठमाडौं । युट्युबमा अब गेम खेल्न सकिने भएको छ । प्रयोगकर्ताहरूलाई अनलाइन गेमिङ अनुभव उपलब्ध गराउन कम्पनीले हालै युट्युबभित्र 'प्लेएबल्स' नामको फिचर उपलब्ध गराएको छ ।

तर यो फिचर प्रिमियम सब्सक्राइबरका लागि मात्रै उपलब्ध छ । प्रयोगकर्ताले एंग्री बर्ड्स शोडाउन सहित ३७ ओटा गेम खेल्न पाउँछन् । यो गेम वेब र मोबाइल दुवै संस्करणमा खेल्न सकिने बताइएको छ ।

पछिल्लो समय गेम स्ट्रिमिङमा लोकप्रियता कमाइरहेको युट्युबले गेमिङ उद्योगमा नयाँ पाइला चालेको हो । यो गेम युट्युबका निःशुल्क प्रयोगकर्ताले कहिलेदेखि खेल्न पाउँछन्र वा पाउँदैनन् भन्ने विषयमा कम्पनीले केही खुलाएको छैन ।

पछिल्लो अध्यावधिक: मंसिर १२, २०८० १६:१४