close

ह्वाट्सएपमा अडियो मेसेज सुन्ने बित्तिकै डिलिट हुने फिचर आउँदै

टेकपाना टेकपाना

मंसिर २३, २०८० १२:११

ह्वाट्सएपमा अडियो मेसेज सुन्ने बित्तिकै डिलिट हुने फिचर आउँदै

काठमाडौं । मेसेजिङ एप ह्वाट्सएपले अडियो मेसेजमा 'भ्यु वन्स' फिचर ल्याउने भएको छ । एक ब्लग पोस्टमार्फत कम्पनीले अडियो मेसेज एक पटक मात्र सुन्न मिल्ने फिचर ल्याउन लागेको जानकारी दिएकाे हाे ।

यस फिचर प्रयोग गरी पठाइएको अडियो मेसेज एक पटक सुनिसकेपछि स्वत: डिलिट हुनेछ । यसले संवेदनशील मेसेज पठाउन र पठाएको मेसेजलाई अतिरिक्त सुरक्षा प्रदान गर्न सहयोग गर्ने मेटाको भनाइ छ ।

मेसेज पाउने मान्छेले एक पटक मात्र अडियो सुनोस् भन्ने चाहनुहुन्छ भने पठाउनुअघि अङ्ग्रेजी 'वन' (1) लेखिएको बटनमा क्लिक गर्नुपर्ने हुन्छ ।

यसअघि फोटो/भिडिओको लागि यस फिचरलाई मेटाले ह्वाट्सएपको डेस्कटप भर्सनमा पनि ल्याएको थियो । याे फिचर २०२१ मा नै मेटाले मोबाइल एपमार्फत सार्वजनिक गरेको थियो ।

पछिल्लो अध्यावधिक: मंसिर २३, २०८० १२:११