close

फेसबुक मेसेन्जरमा आयो मेसेज एडिट गर्ने फिचर, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

मंसिर २५, २०८० १३:५७

फेसबुक मेसेन्जरमा आयो मेसेज एडिट गर्ने फिचर, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले पछिल्लो समय मेसेन्जरमा स्तरीय फिचरहरू ल्याइरहेको छ । च्याट लक तथा इन्ड-टु-इन्ड इन्क्रिप्सन फिचर मेसेन्जरमा आएका पछिल्ला फिचर हुन् । मेटाले हालै मेसेन्जरमा मेसेज एडिट (सम्पादन) गर्ने फिचर पनि ल्याएको छ । 

यो फिचर प्रयोग गरेर प्रयोगकर्ताले आफूले पठाइसकेको मेसेज एडिट गरेर पुनः पठाउन सक्छन् । यदि तपाईंले पठाएको मेसेज अर्को व्यक्तिले पढिसकेको छ भने पनि एडिट गर्न सकिन्छ । तर, मेसेजमा भएको के कुरा एडिट गरिएको हो भन्ने जानकारी भने फेसबुकले दिंदैन ।

एउटै मेसेज पाँच पटकसम्म एडिट गरेर पठाउन सकिन्छ । तर, त्यस्तो मेसेज पठाएको समय १५ मिनेट नाघेको भने हुनुहुँदैन ।

यदि एडिट गरिएको मेसेजले तपाईंलाई केही असर परेको छ भने त्यसलाई रिपोर्ट गर्न सक्नुहुन्छ । त्यसरी रिपोर्ट गर्दा एडिट गरिएको उक्त मेसेजमा के लेखिएको थियो भन्ने मेटालाई थाहा हुन्छ । यदि दुर्व्यवहार गरेको पुष्टि भए मेटाले कम्युनिटी गाइडलाइन्समार्फत सो अकाउन्टलाई कारवाही गर्ने बताइएको छ । 

पठाइसकेको मेसेज कसरी एडिट गर्ने ?

अहिलेलाई यो फिचर एन्ड्रोइड र आईओएसमा मात्र उपलब्ध छ । वेबका लागि कम्पनीले छिट्टै उपलब्ध गराउने बताएको छ । तपाईंले कुनै व्यक्तिलाई मेसेज पठाउनु भयो र उक्त मेसेज एडिट गर्नुपर्‍यो भने तलको प्रक्रिया अपनाउनुहोस्:

- सबैभन्दा पहिले मेसेन्जर एप खोल्नुहोस् । 

-अनि कसैलाई मेसेज पठाउनुहोस् । 

- सो मेसेजलाई लामो समय ट्याप (Long press) गर्नुहोस् । 

-त्यसपछि तल एडिटको अप्सन देखिन्छ । अनि, त्यहाँ भएको पहिलेको मेसेज हटाएर आफूले राख्न चाहेको मेसेज टाइप गर्नुहोस् र छेउमा रहेको टिकको बटनमा ट्याप गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: मंसिर २६, २०८० १७:३५