close

विश्वभर सामाजिक सञ्जाल एक्स डाउन

टेकपाना टेकपाना

पुस ५, २०८० ११:५८

विश्वभर सामाजिक सञ्जाल एक्स डाउन

काठमाडौं । ट्वीटरका रूपमा परिचित एक्स डाउन भइको पाइएको छ । बिहीवार बिहान करिब साढे ११ बजेपछि एक्स डाउन भएको हो ।

अहिले फोनमा एक्स खोल्ने हो भने केही पुराना पोस्ट मात्र देखिन्छन् । नयाँ पोस्ट भने देखिंदैनन । यदि रिफ्रेस गर्ने हो भने 'वेलकम टु योर टाइमलाइन'लेखेको अप्सन मात्र देखिन्छ । वेब भर्सनमा पनि यही समस्या भोगेको प्रयोगकर्ताहरुले गुनासो गरेका छन् ।

डाउन डिटेक्टर डटकम भने अहिले विश्वभर एक्स डाउन भएको उल्लेख गरेको छ । यसको स्पष्ट कारण भने बाहिर आइसकेको छैन ।

अपडेटः एक्समा पोस्ट नदेखिने समस्या समाधान भएको छ ।

पछिल्लो अध्यावधिक: पुस ५, २०८० १२:२९