close

कक्षा ८ देखि माथिका विद्यार्थीलाई पनि सिमकार्ड, १ जीबी डेटा र १०० मिनेट भ्वाइस कल निःशुल्क

टेकपाना टेकपाना

मंसिर २८, २०८० १५:५६

कक्षा ८ देखि माथिका विद्यार्थीलाई पनि सिमकार्ड, १ जीबी डेटा र १०० मिनेट भ्वाइस कल निःशुल्क

काठमाडाैं । नेपाल टेलिकमले अब कक्षा ८ देखि माथिका विद्यार्थीका लागि पनि प्रिपेड सिम कार्ड उपलब्ध गराउने भएकाे छ । कम्पनीले कक्षा ८, ९ र १० का विद्यार्थीलाई निजको अभिभावकको नागरिकता र सम्बन्धित विद्यालयद्वारा जारी गरिएको परिचय पत्रको आधारमा रु. ९० मा प्रिपेड सिमकार्ड उपलब्ध गराउने जानकारी दिएकाे हाे ।

यस्ताे सिमकार्डमार्फत १ जीबी डेटा चलाउन सकिने र टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिने कम्पनीले जनाएकाे छ ।

कम्पनीले नयाँ सिम लिने अन्य ग्राहकका लागि पनि थप सुविधा ल्याएकाे छ । हाल रु. ९० मा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्डमार्फत ३०० एमबी डेटा चलाउन, ४० मिनेट कल गर्न र २० ओटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध भइरहेको छ ।

अब नयाँ सिमकार्ड लिने ग्राहकले १ जीबी डेटा चलाउन पाउनेछन् भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० ओटा एसएमएस पठाउन सक्नेछन् । पहिले जस्तै यसमा रु. १० ब्यालेन्स उपलब्ध हुनेछ ।

यी सबै सुविधा ३० दिनसम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: मंसिर २८, २०८० १६:१