close

क्यानको फेसबुक पेजमा ‘कपिराइट क्लेम’ आएपछि पीएम कपको प्रत्यक्ष प्रसारण रोकियो

टेकपाना टेकपाना

माघ ९, २०८० १२:४५

क्यानको फेसबुक पेजमा ‘कपिराइट क्लेम’ आएपछि पीएम कपको प्रत्यक्ष प्रसारण रोकियो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को फेसबुक पेजमा कपिराइट क्लेम आएपछि जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता (पीएम कप)को प्रत्यक्ष प्रसारण रोकिएको छ ।

एक सूचनामार्फत क्यानले आफ्नो फेसबुक पेजमा पीएम कपको प्रत्यक्ष प्रसारण अस्थायी रूपमा स्थगित भएको जानकारी दिएको हो ।​ फेसबुक पेजमा कपिराइट दाबी गरिएका कारण प्रत्यक्ष प्रसारणमा समस्या आएको क्यानको भनाइ छ ।

समस्या समाधान गर्न काम गरिरहेको र जतिसक्दो चाँडो खेलको प्रत्यक्ष प्रसारण गर्ने क्यानले जनाएको छ । क्यानको आधिकारिक युट्युब च्यानलमा भने पीएम कपको नियमित प्रत्यक्ष प्रसारण भइरहेको छ ।

May be an image of rhinoceros and text that says 'CAN NOTICE THE CRICKET ASSOCIATION OF NEPAL (CAN) WOULD LIKE TO INFORM THE #RHINOARMY THAT THE LIVE BROADCAST OF THE PM CUP MEN'S NATIONAL CRICKET TOURNAMENT 2024 IS TEMPORARILY SUSPENDED DUE TO FRAUDULENT COPYRIGHT CLAIMS ON OUR OFFICIAL FACEBOOK PAGE. WE ARE WORKING TO RESOLVE THE ISSUE AND WILL RESUME AIRING ONCE THE MATTER IS RESOLVED. PM CUP MEN'S NATIONAL CRICKET TOURNAMENT 2024'

पछिल्लो अध्यावधिक: माघ ९, २०८० १४:१७