काठमाडौं । नेसनल पेमेन्ट स्विच (एनपीएस) लागू गर्न नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र एसीआई वर्ल्डवाइडबीच साझेदारी भएको छ । नेपालभित्र कार्ड भुक्तानीका लागि नयाँ प्रणाली सुरु गर्न हालै यी दुई संस्थाबीच साझेदारी भएको हो ।
अहिले देशभित्र कार्डमार्फत कारोबार गर्न अन्तर्राष्ट्रिय भुक्तानी गेटवेको भर पर्नुपर्ने अवस्था छ । नेसनल कार्ड स्विच (एनपीएस एनसीएस) केन्द्रीय पूर्वाधार निर्माण गर्नु र नेपालको आफ्नै कार्ड नेपालपे जारी गर्नु यो साझेदारीको उद्देश्य रहेको छ ।
एनपीएस-एनसीएस स्थापनापछि नेपालका बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकहरूलाई नेपालपे कार्ड उपलब्ध गराउन सक्नेछन् । यस कार्डबाट छिटो र सस्तोमा भुक्तानी गर्न सकिने साथै स्थानीय रूपमा डेटा भण्डारण हुने हुँदा सुरक्षित हुने विश्वास लिइएको छ ।