close

बीवाईडी पहिलो पल्ट विश्वकै शीर्ष ३ कारको सूचीमा

टेकपाना टेकपाना

फागुन १७, २०८० ११:३६

बीवाईडी पहिलो पल्ट विश्वकै शीर्ष ३ कारको सूचीमा

काठमाडौं । विद्युतीय सवारी साधन निर्माता कम्पनी बीवाईडी यस वर्षको वर्ल्ड कार अवार्डका लागि शीर्ष तीनमा पर्न सफल भएको छ । २६ फेब्रुअरीमा जेनेभामा आयोजित मोटर शोमार्फत गरिएको घोषणामा कम्पनीका विद्युतीय गाडी वर्ल्ड कार अवार्ड  २०२४ का लागि शीर्ष तीन अन्तिम प्रतियोगीमा अटाएको हो । 

बीवाईडी सिल वर्ल्ड कार अफ दि इयर र बीवाईडी डल्फिन वर्ल्ड अर्बन कार श्रेणीमा शीर्ष तीनभित्र समावेश भएका हुन् । यससँगै बीवाईडी वर्ल्ड कार अवार्डमा शीर्ष तीनमा सूचीकृत हुने पहिलो र एक मात्र चिनियाँ कार निर्माता बन्न सफल भएको छ ।

वर्ल्ड कार अवार्ड, युरोपियन कार अफ दि इयर र नर्थ अमेरिकन कार अफ द इयर विश्वको प्रतिष्ठित अटोमोटिभ अवार्डका रूपमा परिचित छन् । जसमध्ये विश्वको अटोमोटिभ अस्कर अवार्ड भनेर समेत चिनिने वर्ल्ड कार अवार्ड विश्वभरको अटोमोटिभ उद्योगमा बहुप्रतिक्षित कार्यक्रमको रूपमा रहने गर्छ । बीवाईडीले पछिल्लो समयमा विश्वकै प्रमुख विद्युतीय सवारी साधन निर्माता कम्पनीको रूपमा स्थापित हुँदै गएको छ । कम्पनीका दुई मोडेल बीवाईडी सिल र डल्फिनले आफ्नो विशेष डिजाइन, असाधारण प्रविधि र मजबुत तथा सुरक्षा विशेषताका कारण धेरैको ध्यान खिचिरहेका छन् । 

सन् २०२३ मा मात्रै बीवाईडीका यी दुई मोडेलले युरो एनक्याप र एएनक्याप परीक्षणमा पनि फाइभ स्टार रेटिङ प्राप्त गरेका थिए । विशेषतः बीवाईडी सिललाई युरोपियन कार अफ दि इयर २०२४ को अन्तिम चरणका लागि पनि मनोनीत गरिएको थियो ।

बीवाईडीले सन् २०२३ मा मात्रै ३० लाख विद्युतीय सवारी साधन बिक्री गरिसकेको छ । विश्वभर  छ महादेशका ७० देशका ४०० भन्दा बढी सहरमा बीवाईडीले आफ्नो प्रभावशाली उपस्थिति जनाइरहेको छ । 

 

पछिल्लो अध्यावधिक: फागुन १७, २०८० ११:३९