close

सीजीको फ्रि एसी सर्भिस क्याम्प, जुनसुकै ब्रान्डका एसी नयाँ एसीसँग साट्न मिल्ने

टेकपाना टेकपाना

चैत ५, २०८० १४:२७

सीजीको फ्रि एसी सर्भिस क्याम्प, जुनसुकै ब्रान्डका एसी नयाँ एसीसँग साट्न मिल्ने

काठमाडौं । सीजीले निःशुल्क एसी सर्भिस क्याम्प आयोजना गर्ने भएको छ । कम्पनीले आफ्ना एसीका ग्राहकलाई लक्षित गर्दै नेपालभरका सबै आधिकारिक सेवा केन्द्रहरूमा यस्तो क्याम्प गर्न लागेको हो ।

क्याम्पमा एसी मर्मत, खरिद वा एक्स चेन्ज गर्नु परेमा ग्राहकले पैसा नलाग्ने टोल फ्री फोन नम्बर १६६००१०२२११ वा ०१५९७०१२२ मा फोन गरी वा [email protected] मा ईमेल गरेर सेवा अपोइन्टमेन्टको लागि बुकिङ लिन सक्ने छन् । यस अफर अन्तर्गत मुख्य विशेषता भनेको कुनै मर्मत सेवा शुल्क नलाग्ने, स्पेयर पार्ट्समा ५० प्रतिशत सम्मको छुट, एक्सचेन्जमा ५० प्रतिशतसम्मको अतिरिक्त मूल्याङ्कन र नयाँ एसी खरिदमा २० प्रतिशत सम्मको छुट पाउन सकिनेछ ।

यसमा ग्राहकले जुनसुकै ब्राण्डको जुनसुकै अवस्थाको एसी एक्सचेन्ज गर्न सक्ने कम्पनीले जनाएको छ । सीजी एलेक्स वेबसाइट मार्फत आफैंले आफ्नो सामानको मूल्याङ्कन गर्न सकिन्छ ।

सीजीका दक्ष तथा प्रशिक्षित प्राविधिकले एसी सेवा शिविर सञ्चालन गर्नेछन् र कर्मचारीहरूले नयाँ एसी साटफेर र खरिदमा सहयोग गर्नेछन्।

पछिल्लो अध्यावधिक: चैत ५, २०८० १४:२७