close

अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली ३ घण्टासम्म नचल्ने

टेकपाना टेकपाना

चैत १३, २०८० १७:५९

अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली ३ घण्टासम्म नचल्ने

काठमाडौं । आज (मंगलवार) तीन घण्टासम्म अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली अवरुद्ध हुने भएको छ ।

एक सूचनामार्फत नेपाल प्रहरीले अपरान्ह साढे ५ बजेदखि साढे ८ बजेसम्म अनलाइन प्रहरी चारित्रिक प्रमाण-पत्र प्रणाली नचल्ने जानकारी दिएको हो ।

नियमित प्राविधिक मर्मतसम्भार गर्नुपर्ने भएकाले प्रणालीको प्रयोगमा अवरोध हुने भन्दै प्रहरीले त्यसबाट पर्ने असुविधाका लागि क्षमा मागेको छ । 

 

पछिल्लो अध्यावधिक: चैत १३, २०८० १८:०