close

अनुवादका लागि उत्कृष्ट १० एन्ड्रोइड एप

टेकपाना टेकपाना

चैत २६, २०८० १५:२०

तस्वीरः माइक्रोसफ्टको कोपाइलट टुलबाट तयार पारिएको तस्वीर तस्वीरः माइक्रोसफ्टको कोपाइलट टुलबाट तयार पारिएको तस्वीर

काठमाडौं । ट्रान्सलेसन अर्थात अनुवाद गर्ने मोबाइल एप निकै महत्त्वपूर्ण हुन्छन् । मानिसलाई मानव अनुवादक बिना अथवा भाषा सिकाइमा महिनौं नबिताएरै यिनले सञ्चारका लागि सहयोग गर्छन् ।

अधिकांश मामिलामा तपाईंले देख्नु भएकै होला सामाजिक सञ्जाल, कतिपय वेबसाइटमा बिल्ट-इन ट्रान्सलेसन राखिएका हुन्छन् । साधारणतया यात्रा गरिरहनेहरूले धेरैजसो अनुवाद सम्बन्धी एप प्रयोग गरिरहेका हुन्छन् ।

विद्यार्थीले नयाँ भाषा सिक्न र रेस्टुरेन्टमा हुने मेनु वा कुनै चिज अनुवादका लागि पनि यसको प्रयोग हुन्छ । आज हामीले यस्ता विभिन्न प्रयोजनका सन्दर्भमा उपयोगी हुने उत्कृष्ट ट्रान्सलेटर एपको समग्र सूची तयार पारेका छौं ।

गुगल प्ले स्टोरमा रहेको डिक्सनरी लिङ्ग्वी एपको नाम लिनै पर्ने हुन्छ, जुन राम्रो ट्रान्सलेसन एप हो । तर सन् २०१७ देखि भने यसको डेभलपमेन्ट सक्रिय छैन । यस्तोमा पछिल्ला नयाँ एन्ड्रोइड फोनमा यो एप नचल्न सक्छ ।

१. बीके ट्रान्सलेट एप

मूल्यः निःशुल्क ।

बीके ट्रान्सलेट एउटा गुगल प्ले डेभलपर हो, जसले थुप्रै ट्रान्सलेसन एप बनाएको छ । यसमा दर्जनौं भाषा रहेका छन्, जसमा स्पेनिस, अरबिक, जर्मन, इन्डोनेसियन, फ्रेन्च लगायतका अन्य थुप्रै लोकप्रिय भाषाहरू समावेश छन् । सबै एपले उस्तै तवरमा काम गर्छन् ।

यसले अङ्ग्रेजी र सपोर्ट गर्ने जुनसुकै भाषामा अनुवादको काम गर्छ । यो एप टाइपिङ, भ्वाइस र हस्तलिखित रूपमा प्रयोग गर्न सकिन्छ । यसका अतिरिक्त यो एपले शब्दका साथै पूर्ण वाक्यमा पनि काम गर्छ ।

यसको यूआई साधारण र प्रयोग गर्न सहज छ । सामान्य ट्रान्सलेटर यो एप विज्ञापन सहित निःशुल्क रूपमा प्रयोग गर्न सकिन्छ । ती विज्ञापन हटाउन पैसा तिर्ने विकल्प भने यसमा छैन । 

गुगल प्लेमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

२. डिपएल ट्रान्सलेट

मूल्यः निःशुल्क ।

डिप एल ट्रान्सलेट सन् २०२२ मा सार्वजनिक भए पनि छोटो अवधिमै मोबाइलका लागि एउटा उत्कृष्ट ट्रान्सलेसन एपको रूपमा रहन सफल भएको छ । यो एपले चिनियाँ, फ्रेन्च, स्पेनिस, जर्मन, जापानी लगायत २९ ओटा भाषामा काम गर्छ ।

यूआईको कुरा गर्ने हो भने यो एप राम्रै देखिन्छ । यसमा तपाईंले अक्षर राख्न वा कसैले बोल्दै गरेको सुन्न माइक्रोफोन प्रयोग गर्न सक्नु हुन्छ । यो एपले देखेको र सुनेको कुरा ट्रान्सलेट गर्न सक्छ ।

यसमा मेनु पढ्न तथा ट्राफिक सङ्केतका लागि क्यामेरा फङ्सन पनि समावेश गरिएको छ। यो माइक्रोसफ्ट ट्रान्सलेट र गुगल ट्रान्सलेटको प्रतिस्पर्धी हो । यसको एउटै कमजोर पक्ष भनेको उपलब्ध भाषाको सङ्ख्या हो, जुन अन्य एपले समेत समेटिसकेका छन् । 

गुगल प्लेमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

३. डिक्ट बक्स

मूल्यः निःशुल्क/६.४९ डलर ।

डिक्ट बक्स बहुभाषिक शब्दकोष हो । यसले अङ्ग्रेजी, स्पेनिस, फ्रेन्च, अरबी, जापानी, कोरियाली, चिनियाँ, हिन्दी, रोमन, लगायतका दर्जनौं भाषामा काम गर्छ । यसमा रहेका फिचरको कुरा गर्ने हो भने यसले अफलाइन सपोर्ट, शब्द सच्याउने, अडिओ उच्चारण, तस्विर, स्मरण क्षमताको अभ्यासका लागि फ्ल्याश कार्ड र क्रस-डिभाइस सिंकिङ जस्ता सुविधा दिन्छ । यसमा क्यामेरा फिचर समेत समावेश छ । यसको डिजाइन राम्रो छ र प्रयोग गर्नका लागि पनि सहज छ । यसलाई नराम्रो भन्न मिल्ने खासै त्यस्तो केही छैन । निःशुल्क भर्सनमा यसका केही फिचर लक राखिएका छन्, तर प्रिमियम भर्सनमा भने ती सबै अनलक गर्न सकिन्छ ।

गुगल प्लेमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

४. डिक्ट डट सीसी (Dict.cc)

मूल्यः निःशुल्क/२.४९ डलर ।

डिक्ट डट सीसी एउटा बहुभाषिक शब्दकोष एप र ट्रान्सलेटर एप हो । दर्जनौं भाषामा काम गर्ने यो एपले फ्रेन्च, इटाली, ल्याटिन, पोर्चुगिज, रोमन, रुसी, स्पेनिस लगायतका भाषालाई सपोर्ट गर्छ । यसले केवल एउटा शब्दमा मात्रै काम गर्न देखिन्छ । यद्यपि दुई भाषाबिच अनुवादका लागि भने यो राम्रो तरिका बन्न सक्छ । यसमा अफलाइन सपोर्ट, अटो सजेसन, अडिओ उच्चारण लगायतका फिचर रहेका छन् । यसले सपोर्ट गर्ने भाषामा राम्रो सँग काम गर्छ । यसको निःशुल्क भर्सनमा एक दर्जन भाषा समेटिएका छन् । प्रिमियम भर्सनमा भने सपोर्ट गर्ने भाषाको संग्रह नै पाउन सकिन्छ र त्यसमा विज्ञापन समेत हटाइएको हुन्छ ।

गुगल प्लेमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

५. गुगल ट्रान्सलेट

गुगल ट्रान्सलेट सम्भवतः मोबाइलका लागि सबैभन्दा उत्कृष्ट अनुवादक एप हुन सक्छ । यसले १०० भन्दा बढी भाषा अनलाइनमा र ५० भन्दा बढी भाषा अफलाइन (टाइपिङ मार्फत) सपोर्ट गर्छ । यसले मेनु तथा सडक सङ्केत जस्ता चिजहरू यसले क्यामेराको सहयोगमा अनुवाद गर्न पनि सक्छ । यो एपले हस्तलिखित अक्षर, भ्वाइस इनपुट र टाइपिङ इनपुटलाई समेत सपोर्ट गर्छ । समग्रमा यसले समग्र कुराकानीलाई तत्कालकै समयमा अनुवाद गर्न सक्छ । निःशुल्क रूपमा उपलब्ध यो एप विज्ञापन रहित रूपमा भने पाउन सकिंदैन ।

गुगल प्लेमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

६. इनोभेटिभ एप ट्रान्सलेसन एप

मूल्यः निःशुल्क ।

इनोभेटर एप गुगल प्लेमा रहेको एउटा डेभलपर हो । यसमा थुप्रै बहुभाषिक शब्दकोष एप रहेका छन् । तिनले राम्रो अनुवादक एपको रूपमा पनि काम गर्छन् । यसका सबै एपमा उस्तै खाले फिचरहरू समावेश रहेका छन् । जसमा अफलाइन सपोर्ट, अटो सजेसन, उच्चारण, भ्वाइस सर्च, सिनोनिम्स, एन्टोनिम्स, स्मरण शक्ति बढाउन सघाउने अभ्यासका लागि वर्ड गेम लगायतका रहेका छन् । दर्जनौं भाषालाई सपोर्ट गर्ने यसका एपमा तपाईंले चाहेको एउटा भाषा र त्यसलाई अङ्ग्रेजी भाषामा अनुवाद गर्न सकिने सुविधा दिन्छन् । यसका सबै एपहरू विज्ञापन सहित निःशुल्क रूपमा उपलब्ध छन् ।

गुगल प्लेमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

७. क्लेज-डेभलपमेन्ट ट्रान्सलेसन एप

मूल्यः निःशुल्क/१.९९ डलर ।

क्लेज-डेभलपमेन्ट पनि बीके ट्रान्सलेट जस्तै गुगल प्लेको एउटा डेभलपर हो । जोसँग कयौं दोहोरो भाषा अनुवाद गर्न सक्ने एपहरू रहेका छन् । त्यसो त दर्जनौं भाषा सपोर्ट गर्ने यसको एकल एप पनि पाउन सकिन्छ । यो एपका सबै फिचर साधारण यूआईमा पाउन सकिन्छ । तपाईंले यसमा अनुवादका लागि टाइपिङ र भ्वाइस इनपुटको सुविधा पाउन सक्नु हुन्छ । यसका सबै एपहरू विज्ञापन सहित रहेका छन् र तिनको प्रमियम भर्सन भने छैन । सबै भाषा समावेश भएको एकल एपको मूल्य १.९९ अमेरिकी डलर रहेको छ, जसमा विज्ञापन समावेश छैन ।

गुगल प्लेमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

८. माइक्रोसफ्ट ट्रान्सलेटर

मूल्यः निःशुल्क ।

गुगल ट्रान्सलेटले राम्रो लोकप्रियता पाएको छ । यद्यपि माइक्रोसफ्ट ट्रान्सलेट पनि निकै राम्रो एप हो । यसले ६० भन्दा बढी भाषालाई सपोर्ट गर्छ । जुन निश्चय नै गुगल ट्रान्सलेट भन्दा थोरै हो । यद्यपि यी सबै भाषा अफलाइनको रूपमा उपलब्ध रहेका छन् । यो एपले दुई तर्फी कुराकानीलाई (एकै पटक १०० जना सम्मलाई) समेत सपोर्ट गर्छ । यस बाहेक फ्रेजबुक, प्रोनाउन्सेसन गाइड, एन्ड्रोइड वेयर सपोर्ट, वैकल्पिक अनुवाद जस्ता फिचर पनि यसमा समावेश छन् । पूर्णतः निःशुल्क रूपमा उपलब्ध यो एपको यूआई पनि एकदमै राम्रो छ । गुगल ट्रान्सलेट झन्झटिलो लागिरहेको छ भने तपाईंका लागि माइक्रोसफ्ट ट्रान्सलेट गतिलो विकल्प बन्न सक्छ ।

गुगल प्लेमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

९. न्याभर पापागो

मूल्यः निःशुल्क ।

न्याभर पापागो न्याभरले तयार पारेको एउटा अनुवादक एप हो । जुन दक्षिण कोरियामा लोकप्रिय रहेको सर्च इन्जिन हो । यो गुगल सर्च र गुगल ट्रान्सलेटभन्दा फरक मात्र छैन, यसले १३ भाषाबिचको अनुवाद सपोर्ट गर्छ । तपाईंले यसको सहयोगमा अक्षर, तस्विर र भ्वाइसलाई तत्कालै अनुवाद गर्न सक्नु हुन्छ । यस बाहेक यो एप पूर्णतः अफलाइनमा चलाउन सकिन्छ र यसले हस्तलिखित अक्षरहरू र वेबसाइट समेत अनुवाद गर्न सक्छ । यो गुगल ट्रान्सलेट अथवा माइक्रोसफ्ट ट्रान्सलेट जत्तिको फराकिलो त छैन, तर यसको यूआई र यसमा रहेका फिचर तपाईंलाई चाखलाग्दा हुन सक्छन् ।

गुगल प्लेमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

१०. रिभर्सो डिक्सनरी

मूल्यः निःशुल्क/१२.०० डलरसम्म ।

रिभर्सो डिक्सनरी अर्को एउटा लोकप्रिय बहुभाषिक शब्दकोष एप हो । यो डिक्ट डट सीसी अथवा डिक्सनरी लिङ्ग्वी जत्तिको राम्रो त छैन, तर ती एपले काम नगरेको अवस्थामा भने यो राम्रो विकल्प हुन सक्छ । यसमा दर्जनौं भाषा रहेका छन् । साथै यो एपमा उदाहरणको रूपमा वाक्य, अडिओ उच्चारण, वर्ड गेम, अफलाइन सपोर्ट लगायतका फिचर पाउन सकिन्छ । 

गुगल प्लेमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।



 

पछिल्लो अध्यावधिक: चैत २६, २०८० १५:२०