close

नयाँ वर्षमा आईएमई पेको अफरः वालेटमा बैंक सरह ब्याज, निःशुल्क रकम ट्रान्सफर

टेकपाना टेकपाना

चैत २६, २०८० १९:२६

नयाँ वर्षमा आईएमई पेको अफरः वालेटमा बैंक सरह ब्याज, निःशुल्क रकम ट्रान्सफर

काठमाडौं । आईएमई पेले नयाँ वर्ष २०८१ को अवसरमा वालेट प्रयोगकर्तालाई दर्जनभन्दा बढी नयाँ सुविधा दिने भएको छ । कम्पनीले सुपर बेनिफिट प्याकेजको रूपमा प्रयोगकर्तालाई वालेट ब्यालेन्समा बैंकहरूले दिने बराबरको ब्याज सहितका सुविधा दिने भएको हो ।

जसमा बैंकमा निःशुल्क पैसा ट्रान्सफरको सुविधा, हरेक कारोबारमा अधिकतम रिवार्ड पोइन्ट, स्वास्थ्य बीमा प्याकेजमा आकर्षक छुट, भर्चुअल भिसा कार्डबाट अनलाइन भुक्तानी गर्दा तुरुन्तै क्याशब्याक पाउन समेत सकिने छ । यसैगरी, हवाई टिकट खरिद तथा घरायसी उपभोग्य सेवाहरूको भुक्तानीमा निरन्तर प्रोमोकोड, केबुलकारहरूको टिकट खरिदमा विशेष छुटका साथै वर्षभर छ हजार रुपैयाँ सम्मको क्याश ब्याकको फाइदा पनि आइएमई पे प्रयोगकर्ताले उठाउन पाउने छन्।

आइएमई डिजिटलका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले नयाँ वर्षको उपलक्ष्यमा सुरुवात गर्न लागिएको थप सुविधासहितको यस प्रिमियम प्याकेजले आइएमई पेका प्रयोगकर्ताहरूलाई सुपर वालेटमा आबद्ध रहेको महसुस गराउने बताए । नयाँ नयाँ प्रविधि पछ्याउँदै र ग्राहकलाई सुविधाहरू थप्दै आईएममई पे फिनटेक क्षेत्रमा अब्बल साबित भएको पनि उनको दाबी छ । 

 

पछिल्लो अध्यावधिक: चैत २६, २०८० १९:३६