close

बाहिरियो ‘साओमी १४ टी’ को विवरण, सामसङ ग्यालेक्सी एस २४ लाई टक्कर दिने अनुमान

टेकपाना टेकपाना

बैशाख ४, २०८१ १७:२६

बाहिरियो ‘साओमी १४ टी’ को विवरण, सामसङ ग्यालेक्सी एस २४ लाई टक्कर दिने अनुमान

काठमाडौं । सामान्यतः साओमीको ‘टी’ सिरिजलाई फ्यागशिपभन्दा अलि तलको फोन मानिन्छ । तर, त्यसमा हुने उच्च क्षमताको ब्याट्री, विश्वव्यापी उपलब्धता र उत्कृष्ट स्तरको हर्ज पावरले गर्दा यस सिरिजलाई स्तरीय नै मानिन्छ ।

साओमीले अब भने टी सिरिज अन्तर्गतको १४ टी ल्याउन लागेको छ । एन्ड्रोइड हेडलाइन्सले यस विषयमा विभिन्न जानकारी बाहिर ल्याएको छ । साओमीको हाइपर ओएस सफ्टवेयरको जानकारी अनुसार कम्पनीले साओमी १४ टीमा ल्याउन लागेको फिचर हेर्दा सामसङ ग्यालेक्सी एस २४ सिरिजसँग प्रतिस्पर्धा गर्न खोजेको देखिएको छ । 

कम्पनीले २०२३ मा सार्वजनिक गरेको साओमी १३ टी प्रोमा डाइमेन्सिटी ९२०० प्लस एसओसी प्रोसेसर राखिएको थियो । अब ल्याउन लागेको १४ टीमा भने डाइमेन्सिटी ९३०० प्रोसेसर हुने बताइएको छ । 

त्यस्तै साओमी १४ टीले वायेरलस चार्जिङ सपोर्ट गर्ने समेत कोडमा देखिएको छ ।

त्यसबाहेक यसमा टेलिफोटो क्यामेरा हुने अपेक्षा गरिएको छ । क्यामेराकै चर्चा गर्दा यस मोडेलमा लाइका ब्रान्डेड क्यामेरा सेटअप हुनेछ । यही सेटअप यसअघिको लाइनअपमा पनि देखिएको थियो ।

यो फोन आईपी ६८ रेटिङका साथ आउने अनुमान छ । किनभने यसअघिको लाइनअप पनि आईपी ६८ रेटिङमै आएको थियो । 

यी विविध फिचर विश्लेषण गर्दा साओमी १४ टी प्रोले सामसङ ग्यालेक्सी एस २४ र वनप्लस १२ जस्ता फ्ल्यागशिप फोनसँग प्रतिस्पर्धा गर्ने देखिन्छ । यद्यपि यसको मूल्य, अन्य फिचरहरू बाहिर नआएसम्म यसले प्रतिस्पर्धा गर्छ वा गर्दैन भन्न सकिंदैन ।

पछिल्लो अध्यावधिक: बैशाख ५, २०८१ १७:४६